Comments Add Comment

मोबाइल हातमा छ की गोजीमा ? पत्ता लगाइ दिनेछ गुगलले

androad-police

प्रविधि जगतमा आफ्नो अग्रणी स्थान सुरक्षित गरिरहनका लागि इन्टरनेट बादशाह गुगलले विभिन्न नयाँ-नयाँ प्रडक्ट तथा फिचर्सहरु ल्याइरहन्छ । यही सिलसिलामा गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि एउटा यस्तो प्रविधि विकाश गर्न गृहकार्य गरिरहेको छ जसले तपाइँको स्मार्टफोन प्रयोगको अनुभवलाई थप आनन्ददायी बनाइदिनेछ ।

समाचार अनुसार एन्ड्रोइड स्मार्टफोनले अब छिटै तपाइँको स्पर्श अनुभुति गर्न सक्नेछ र सोही बमोजिम आफै लक मोड एडजस्ट गरिदिनेछ । स्मार्टफोनमा हुने एक्सेलरोमिटरका माध्यमबाट उक्त फिचरले स्मार्टफोन हातमा रहेको वा गोजीमा रहेको वा प्रयोगकर्ताको साथमै नरहेको भन्ने कुरा पत्ता लगाउनेछ र सोही बमोजिम फोनलाई लक वा अनलक गर्नेछ ।

यदि स्मार्टफोनमा तपाइँले एक पटक अनलक गर्नुभयो भने तबसम्म लक हुनेछैन जबसम्म त्यो तपाइँको हात वा गोजीमा हुनेछ । जब तपाइँले फोनलाई आफ्नो हात वा गोजीबाट छुटाएर बाहिर राख्नुहुन्छ वा फोन तपाइँभन्दा टाढा हुन्छ तब यो आफै लक्ड हुनेछ र त्यसरी लक भैसकेको फोन अनलक्ड गर्न चाहेमा हातैले सामान्य झैँ गरी अनलक्ड गर्नुपर्नेछ ।

एन्ड्रोइडमा हुने नयाँ परिवर्तन तथा विकाशका विषयमा जानकारी दिने वेबसाइट एन्ड्रोइड पुलिसका अनुसार यो एपका माध्यमबाट गुगलले आफ्ना प्रयोगकर्तालाई थप सुविधा तथा सुरक्षा प्रदान गर्ने कोसिस गर्दैछ । यो फिचरले स्मार्टफोन प्रयोगकर्तालाई ठूलो फाइदा यस अर्थमा हुनेछ की यदि तपाइँले फोन कतै भुल्नुभयो भने यसबाट कसैले फोनका डाटा चोर्नसक्ने छैन ।
यद्यपि यो फिचरमा एउटा ठूलो कमजोरी भने छ । त्यो के भने, जब तपाइँले आफ्नो स्मार्टफोन अनलक्ड गरेर आफ्नो साथीलाई दिनुभयो वा फोन अनलक्ड भएकै अवस्थामा कसैले फेला पार्यो भने त्यो उसको साथमा रहुन्जेल लक हुँदैन । र, त्यसरी फोन हात पार्नेले तपाइँको खुल्ला रहेको स्मार्टफोनबाट चाहेको कुरा गर्न सक्छ ।

यो फिचरले स्पर्श थाहा पाउने भएपनि स्पर्शको भिन्नता थाहा पाउँदैन वा स्पर्श कसको हो ? भन्ने छुट्टाउन सक्दैन ।

यो सुविधा एन्ड्रोइड फाइभ र त्यसभन्दा माथिल्लो अपरेटिङ सिस्टमवाला स्मार्टफोनमा प्रयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment