+
+

मरिचले बचाउँछ क्यान्सरबाट

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३१ गते १०:४२

Marich

वैज्ञानिकहरुले मरिचमा हुने तत्वबाट क्यान्सरको औषधि बनाउन सकिने तथ्य पत्ता लगाएका छन् । भारतीय प्रौद्योगिक संस्थान (आइआइटी) मद्रासका शोधकर्ताहरुले मरिचमा हुने पिरोपन क्यान्सरबाट बचावटका लागि सहयोगी हुने तथ्य पत्ता लगाएका हुन् ।

उनीहरुका अनुसार मरीचलाई पिरो बनाउने यौगिकले मानिसको प्रोस्टेट ग्रन्थीका क्यान्सर कोशिकाहरुलाई नष्ट गर्नमा प्रयोग गर्न सकिन्छ ।

मरीचमा हुने यौगिक क्याप्सकिनबाट क्यान्सर प्रतिरोधी सुइ तथा ट्याब्लेट बनाउन सकिने र त्यसले मानिसलाई क्यान्सरबाट बचाउने दाबी उनीहरुको छ ।

शोधकर्ता अशोक कुमार मिश्रा तथा जितेन्द्रिया स्वैनका अनुसार यो यौगिकको उच्च मात्राको प्रयोग गर्ने हो भने क्यान्सर कोषको झिल्लीलाई नष्ट गर्दछ जसका कारण क्यानसर कोषिका नष्ट हुन्छन् र त्यसले क्यान्सरको उपचारमा नयाँ मार्ग प्रस्सस्त गर्दछ ।

यसअघि १० वर्ष पहिले मुसामा गरिएको अध्ययनले पनि क्याम्सकिन यौगिक मुसामा प्रोस्टेट क्यान्सर कोसहरुलाई नष्ट गरेको देखाएको थियो । यो यौगिकले क्यानसर कोषलाई मात्र लक्षित गरेर नष्ट गर्ने तर अन्य सामान्य कोषलाई भने हानी नपूराउने शोधकर्ताहरुको भनाइ छ ।

तत्कालका लागि मरीचबाट क्यान्सर उपचारको औषधि तथा सुइ उत्पादन भैनसकेको भएपनि दैनिक रुपमा मरीचको सेवनले मानिसलाई क्यान्सरबाट बचाउन सहयोग गर्ने सुझाव शोधकर्ताहरुको छ ।

यो शोध प्रतिवेदन फिजिकल केमेस्ट्री बी जर्नलमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?