+
+

लिम्बुवानको बन्द तेस्रो दिन पनि जारी

५ असोज, ताप्लेजुङ । लिम्बुवान विनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालले आहृवान गरेको बन्दको तेस्रो दिन मंगलबार पनि अरुण पूर्वका नौ जिल्ला प्रभावित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते ७:५३

रविन भट्टराई
Limbuwan-Map५ असोज, ताप्लेजुङ । लिम्बुवान विनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालले आहृवान गरेको बन्दको तेस्रो दिन मंगलबार पनि अरुण पूर्वका नौ जिल्ला प्रभावित भएका छन् ।

बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम र संखुवासभाको जनजीवन प्रभावित बनेको हो ।

यी जिल्लामा मंगलबार पनि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने कलकारखाना, शिक्षण संस्थासमेत ठप्प रहेका छन् ।

संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू-भागलाई लिम्बुवान प्रदेश घोषणा गर्न माग गरेको छ ।

यसैविच संविधानको विरोधमा रहेको संघीय लिम्वुवान पाटी नेपालसहित विभिन्न आठ राजनीतिक दल तथा संघसंगठन आवद्ध संयुक्त लिम्वुवान आन्दोलन समितिले सोमबार दिउँसो ताप्लेजुङमा विरोध र्‍याली पदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?