Comments Add Comment

यसरी सफल भयो मोदीलाई कमजोर बनाउने रणनीति

-अरुणकुमार सुवेदी

मोदी अब धर्म संकटमा फसिसकेका छन् । नेपालको राजनीतिक नेतृत्वको अतीत हेर्दा मोदीलाई सजिलो स्थिति देखिन्न । स्पष्ट छ, अब मोदीका सामु चीनलाई ‘फियर  फ्याक्टर’का रुपमा स्थापित गरिनेछ र उनको चीन नीतिलाई पनि असफल तुल्याइनेछ ।  यी दुई प्रकरणले मोदीलाई औषत फितलो नेताका रुपमा परिणत गर्नेछ । आफ्नै दलमा पनि उनले एकछत्र नेतृत्वको अवसर गुमाउनेछन् ।

Modi
नेपालको संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष संविधान जति हतारो र नाटकीयरुपमा आयो र त्यस्तै हतारो र नाटकीयरुपमा नेपाल -भारत सम्बन्धको तनाव पनि निर्माण भएको छ ।

कुनैबखत नेपालमा समेत सर्वाधिक लोकपि्रय रहेका भारतीय नेता नरेन्द्र मोदी राता रात नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा त्यति नै अलोकप्रिय र आलोच्य भएका छन् ।

यी सतहमा देखिएका परिदृष्यहरु हुन् । तर, गर्भछिन्न कारण भने अझै उदघाटित भएका छैनन् । नरेन्द्र मोदीलाई तत्क्षणी प्रतिक्रियात्मक छवि भएका व्यक्तिका रुपमा यो लेखकले लिँदैन । तथापि नरेन्द्र मोदीको नेतृत्वमा यस्तो परिदृष्य देखा परिरहेछ कि यो मेरा लागि तत्क्षणी प्रतिक्रियाको विषय मात्र नभएर गम्भिर विश्लेषणको विषय हो ।

नेपालको भारत नीतिका प्रचलित दृष्टिकोणहरु असफल रहेको कुरा मैले लेख्दै आएको छु । यसलाई आमूल परिवर्तनको दिशामा लिएर जानुपर्छ र त्यसको आधार सिद्धान्त के हुनुपर्छ भन्ने पनि लेखी आएको छु । यो संविधान निर्माण प्रक्रियामा पनि नेपालको संस्थापनले आˆनो प्रचलित पश्चिमपरस्त सोच र विचारलाई स्थापित गरायो । न भारतको कुरा सुनियो, न चीनको, न बहुसंख्यक नेपालीको । त्यो विशेष मुद्दा थियो धर्म निरपेक्षता ।

यही मुद्दा हो, जसले आज यो अत्यधीक तनावपूर्ण सम्बन्धमा नेपाल र भारत दुबैलाई धकेलेको छ । तर, यो स्थिति अर्थात नेपाललाई तहस-नहस पार्ने र भारत र चीनसमेतलाई तनावमा पार्ने मुद्दाको जनक भने भारत स्वयं पनि हो । अहिले भारत दुईखेमामा विभाजित छ, सांस्कृतिक राष्ट्रवादी अर्थात धर्मनिरपेक्ष विरोधी र धर्म निरपेक्ष पक्षधर । यही विभाजनको अहम मुद्दा बन्यो नेपालको संविधान ।

भारतको वर्तमान संस्थापन धर्म निरपेक्षताको पक्षमा नभएको कुरा कसैलाई बुझाउनुपर्दैन साथै नेपालको सीमा क्षेत्रमा भइरहेको धर्मान्तरणले आˆनो सुरक्षामा गम्भीर समस्या पर्न थालेको कुरा चीनले पनि व्यक्त गरेकै हो । अर्थात धर्म निरपेक्षताको विरुद्धमा हाम्रा दुबै छिमेकीहरु रहेको कुरा स्पष्ट छ । तर, नेपाललाई धर्म निरपेक्ष गणतन्त्र बनाउन भारतको तात्कालीन सत्ता र ‘रअ’ का तत्कालीन प्रमुख केरलियन इशाइ थाराकनको भूमिका कति थियो, कसैलाई बुझाउनु नपर्ला ।

तर, आज यो पक्ष भारतको प्रतिपक्ष बनेको छ । यसर्थ नेपालमा धर्म निरपेक्षता रहनु मोदीको सफलताको रुपमा भारतको प्रतिपक्षले लियो ।
यहीबीच नेपालमा तिव्रतर रुपमा भएको पश्चिमा चलखेलले संविधान निर्माणमार्फत मोदीलाई साइजमा राख्न दु्रत गतिमा काम गर्न थाल्यो । पश्चिम जहिले पनि भारतमा दृढ नेतृत्व देख्न चाहँदैन । त्यसमाथि चीनसँग सम्बन्ध विस्तार गर्नेखालको त झनै चाहँदैन । अझ हिन्दु राष्ट्रवादी धर्मान्तरण विरोधी भनेपछि मोदी पश्चिमको ठूलो निसानामा पर्नु स्वभाविक थियो । यहीँनेर आएर पश्चिम र भारतका प्रतिपक्षहरुको चाख मिल्यो ।

धर्मनिरपेक्ष संविधान जारी गराउन नेपालमा दबावपूर्ण क्रियाशीलता सुरु भयो  र तराईमा बढ्न थालेको हिन्दु राष्ट्रवादी आन्दोलनलाई पछाडि पार्दै क्षेत्रीय अधिकारको आन्दोलनको सुत्रपात गरियो । नेपालमा बढिरहेको पश्चिमा चलखेल, धर्म निरपेक्षता पक्षधर नारा जुलुसमा स्वतन्त्र तिब्बतका अभियन्ताहरु देखापर्नुलाई चीनले पनि संवेदनशील भई हेरिरहेथ्यो ।

यो अवस्था नेपालमा देखापर्नाले चीनले भारतलाई आफ्नो प्रभाव प्रयोग गर्न दबाव दिनु स्वभाविक थियो । यही कारणले नेपालमा सुक्ष्म व्यवस्थापन (माईक्रो मेनेजमेन्ट ) नगर्ने भनी ‘रअ’ को नेपाल बजेटसम्म कटौती गरेका मोदी एकाएक सक्रिय भए ।

तर, भारतको विगतको राज्यसत्ताले पश्चिमाहरुसँग गरेको सहकार्यले नेपालमा यति जरा गाडिसकेको छ /थियो कि मोदीलाई यो पहल एउटा अपमानबोधबाहेक अरु केही भएन । यस घटनाले स्पष्ट गर्दछ, भारतको भूमिका नेपालमा पातलिँदै गरेको स्थितिलाई । र, यस घटनाले दृढनिश्चयी नेताका रुपमा रहेका मोदीको छविलाई चीनसामु पनि हल्का बनाइदियो । मोदीको सत्तारोहणपछिको यो विफलता सबैभन्दा तीतो असफलता हुन पुग्यो ।

भारतमा फितलो नेतृत्व भएमा चीनका विरुद्ध भारतलाई उपयोग गर्न सकिने पश्चिमा नीतिअन्तर्गत मोदीलाई विफल बनाउन यही घटनालाई लिएर ‘मिडिया कू’ को अवस्था नै प्रायोजित गरियो । अब मोदी धर्म संकटमा फसिसकेका छन् ।

यो विफलताले बिहार राज्यको सन्निकट निर्वाचनमा नकारात्मक प्रभाव पार्ने निश्चय नै छ । यसैबीच भारतको विहार राज्यसँग रोटी -बेटीको समेत सम्बन्ध रहेको नेपालको तराई क्षेत्रमा चलिरहेको आञ्चलिक अधिकारको आन्दोलनलाई मोदीले बेवास्ता गरेको मुद्दा बिहारमा उठ्न थाल्यो ।

अर्कातर्फ नेपालका पहाडी र भित्री मधेसका सोझा निमुखाहरुलाई सांस्कृतिक अतिक्रमणको शिकार बनाउने, संविधान धर्म निरपेक्ष बनाउन धन, जन र शक्तिको षडयन्त्रसम्मलाई उपयोग गर्ने पश्चिम र भारतको धर्मनिरपेक्षवादी शक्तिका केही ‘थिंक टैंक’ हरुले मधेसमा नै लोकतान्त्रिक हिन्दु गणतन्त्र मधेसको गर्भाधान गराउन सुरु गरिसकेका संकेतहरु देखिन थाले ।

यदि यस्तो नारा तराईमा सुरु भएमा त्यसको अपजस स्पष्ट रुपमा मोदीमाथि जाने थियो । यस अवस्थामा मोदीमाथि दुई विकल्पहरु थिए । या नेपालको वर्तमान सरकारलाई मधेस आन्दोलन दमन गर्न प्रेरित गर्ने र दमनबाटै समाधान खोज्ने कुराको समर्थन गर्ने या मधेस आन्दोलनलाई आˆना प्रतिपक्षीहरुको सहयोगबाट आˆनो पक्षको विश्वासमा लिने ।

अहिले मोदीले दोस्रो विकल्प रोजेको प्रतीत हुन्छ । तर, मोदीको हातलाई नेपालको मधेसले कस्तो रेस्पोन्स गर्ला, त्यो हेर्न बाँकी छ । यत्रो ठाडो प्रयत्नका बाबजुद पनि नेपालका मधेसी नेताहरुको विश्वास मोदीले जित्न सकेनन् भने मोदीले अर्को असफलताको तीतो घुट्की पिउनुपर्ने हुन सक्छ । जसको प्रत्यक्ष प्रभाव, विहार निर्वाचनमा पर्नेछ ।

नेपालको राजनीतिक नेतृत्वको अतीत हेर्दा मोदीलाई सजिलो स्थिति देखिन्न । नेपालका नेताहरुको सघन सम्बन्ध मोदीका प्रतिपक्षहरुसँग बढी छ । ‘रअ’ को धनवल र खुफिया बलबाट प्रभावमा लिने सुत्रको सट्टा जनभावना मार्फत नै आˆनो प्रभाव विस्तार गर्ने मोदी सुत्र कमजोर देखियो । ‘रअ’ को धनवलको प्रभावलाई नेपाली राजनीतिबाट हटाउने  नीति उनलाई प्रत्युत्पादक भएको छ । त्यसको खालीठाँउ पश्चिमाहरुले भरिदिएका छन् ।

अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी

यो अवस्थाको मर्मत सम्भार गर्न मोदीले ठूलै मूल्य चुकाउनुपर्ने अवस्था छ ।

भारतको कर्मचारीतन्त्र र ‘रअ’ को परम्परागत मनो-अवस्थिति (माइण्डसेट) लाई परिवर्तन गराई नयाँ सुत्रमा चीन, नेपाल लगायतको छिमेकीहरुसँग सम्बन्ध विस्तार गर्ने उनको पहललाई गलत सावित गरिदिएका छन् मोदीकै कर्मचारीतन्त्र र ‘रअ’ ले ।

अब प्रतिक्षाको विषय छ, मोदी परम्परागत शैली र सिद्धान्तमा फिर्छन् कि आˆनो दृष्टिकोण स्थापित गर्न नयाँ रणनीतिका साथ प्रयत्न गर्छन् ।

मोदीलाई एक्ल्याएर कमजोर बनाउने रणनीति सतप्रतिसत सफल भएको छ । नेपालमा भारत विरोधी भावनाकोे गुणोत्तर वृद्धि हुने क्रम यथावत छ । सामाजिक सञ्जाल, मूलधारका सञ्चार माध्यमदेखि लिएर वौद्धिक वर्ग र सडकसम्म यो भावना छताछुल्ल देख्न सकिन्छ ।
यो कुराको विश्लेषणात्मक निक्र्यौल लेखकले पहिले नै लेखेको पनि छ । नेपाल भारत सम्बन्ध सम्हाल्न निकै समय लाग्ने गरी बिगि्रएको छ । यो स्थिति बृहत्तर डिजाइनअन्तर्गत नै भएको हो ।

अब के हुँदैछ भन्ने पनि त्यतिकै कौतुहलको विषय छ । मेरो विश्लेषण छ, अब अन्तराष्ट्रिय मिडिया र भारतीय मिडियामा नयाँ भावनाका लागि क्याम्पेन सुरु हुनेछ । नेपाल चीनपरस्त भयो, पाकिस्तानसँग पनि मिलेर काम गर्ने संकेत देखिन थाल्यो इत्यादि । यसका लागि कुटनीतिक लविङ यथेष्ठ हुनेछ । र, भारतको प्रतिपक्ष पनि यही लाइनमा उभिनेछ ।

अर्थात स्पष्ट छ, मोदीका सामु चीनलाई ‘फियर फ्याक्टर’का रुपमा स्थापित गरिनेछ र उनको चीन नीतिलाई पनि असफल तुल्याइनेछ ।  यी दुई प्रकरणले मोदीलाई औषत फितलो नेताका रुपमा परिणत गर्नेछ । आˆनै दलमा पनि उनले एकछत्र नेतृत्वको अवसर गुमाउने छन् । मोदी जति दुर्बल हुँदै जानेछन् र नेपालले जति चाइना कार्ड खेल्दै जानेछ, त्यसले चीनको बार्गेनिङ क्षमता बढ्दै जानेछ । जसको प्रत्यक्ष दबाव दलाइ लामालाई शरण दिने र दक्षिण चिनी सागरमा भियतनामसँग सहकार्य गर्ने भारतीय नीतिमा पर्नेछ ।

यसपछि मोदी या त घायल बाघझैँ भएर दलाई लामा र नेपाल नीतिको बीच ‘स्ट्राटिजिक बार्टर’ को अवस्थामा आउँछन् । जुन नेपालका लागि अत्यन्त खतरनाक हुनेछ । अन्यथा उनी पश्चिमका रणनीतिक साझेदार हुन बाध्य हुनेछन् ।

कुरा स्पष्ट छ, उप्रान्तका दिनहरुमा नेपाल त फसिसकेको र प्रतिक्रियात्मक विनिर्माणको बाटोमा हिँडिसकेको छ । मोदीका दिनहरु पनि अब अत्यन्त कठोर हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment