+
+

विनाकारण भारतमा रोकिए नेपाली विद्यार्थीका पासपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते ६:५१

Nepali-passport२४ असोज, काठमाडौं । विदेश अध्ययनका लागि भारतमा रहेका विभिन्न देशका दूतावासहरुमा भिसा आवेदन गरेका नेपाली विद्यार्थीको पासपोर्ट भारतबाट नेपाल नआउँदा विद्यार्थीलाई समस्या सिर्जना गरेको छ ।

भर्नाको समय सकिन लाग्दा पनि पासपोर्ट नआएपछि विद्यार्थीसमेत अन्यौलमा परेको नयाँ पत्रिकामा खबर छ । शैक्षिक परामर्शदाताहरुको संस्था इन्टरनेसनल एजुकेसन रिप्रिजेन्टेटिभ इनिसिइटिभ्स अफ नेपाल (आइरिन) ले भिएफएस इन्डियाबाट नेपाली विद्यार्थीको पासपोर्ट आउन विनाकारण अत्यधिक ढिलाई भएको भन्दै चासो व्यक्त गरेका छन् ।

भिसाका लागि हजारौं नेपाली विद्यार्थीले भारतस्थित क्यानडा, इटाली, फ्रान्स र युकेका दूतावासमा भिसा आवेदन दिएका थिए । तर, यी दूतावासहरुबाट पासफोर्ट वितरणमा अनुमति नदिइएको आइरिनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?