+
+

राप्रपा नेपालले छान्यो दुई मन्त्री, कमल थापा उपप्रधान तथा परराष्ट्रमन्त्री बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १२:१५

kamal thapa-2२५ असोज, काठमाडौं । केपी ओली नेतृत्वको नयाँ मन्त्रिपरिषदमा राप्रपा नेपालका दुई मन्त्रीले सोमबार सपथ लिने भएका छन् ।

सोमबार हुने मन्त्रिपरिषद गठनमा पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा दुई मन्त्री सहभागी हुने निर्णय भएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा परराष्ट्रमन्त्री र संसदीय दलका उपनेता रामकुमार सुब्बाले विना विभागीय मन्त्रीका रुपमा सपथ लिने छन् ।

दिउँसो एक बजे शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष सपथ लिने छन् । लगतै नयाँ मन्त्रीहरुले पनि प्रधानमन्त्रीबाट सपथ लिने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?