Comments Add Comment

मंगलबारका टप १० समाचारः उपेन्द्रको आरोपदेखि छठको रौनकसम्म

आज मंगलबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१ ‘सरकार तस्कर र माफियामाथि टिकेको छ, उसले कुनै समस्या हल गर्न सक्दैन

करिब आधाघण्टा लामो अन्तरवार्तामा उपेन्द्र यादवले सरकार पक्षलाई केही गम्भीर आरोप लगाए, जस्तै-यो सरकार तस्करहरुले चलाएको छ, सरकार मधेस र पहाडवीच साम्प्रदायिक सद्भाव भड्काउने राष्ट्रघाती काममा लागेको छ ।

२. सरकारले नसकेपछि तेल बेच्ने जिम्मा तस्करलाई !

राजधानीको कपनस्थित केही माइक्रो व्यवसायीहरुले तेलको अभावमा यात्रुको सेवा गर्न नसकेपछि तेल किन्न भैरहवा जाने निर्णय गरे । सरकारी निकाय एवं व्यवसायी समितिबाट पत्र बनाएर उनीहरुले भैरहवा पुगेर सामुहिकरुपमा केही ड्रम तेल किनेर ल्याए ।

३. इन्धन नेपाल आएको समाचार देखाउँदै भारतीय राजदूतले भने-यो कहाँ गयो ? 

भारतको नाकाबन्दीका कारण इन्धन अभाव भएर स्कुल बन्द भएको भन्दै निजी विद्यालय सञ्चालकहरुले भारतीय दूतावास पुगेर राजदूतलाई ज्ञापनपत्र बुझाएका छन् । तर, भारतीय राजदूत रणजीत रायले भने नाकाबन्दी गरेको अस्वीकार मात्र गरेनन्, इन्धन आएको समाचार देखाउँदै यो कहाँ गयो भनेर प्रश्न गरेका छन् ।

४. रानीपोखरीमा छठका रंगहरु … (फोटो फिचर)

Chaat At Rani Pokhari (8)

मगलबार तराई मधेसका जिल्लाहरुका साथै काठमाडौंका ताल तथा नदी किनारहरु छठमय भएको छ ।तर, रानीपोखरीको माहोल झन रंगिन छ ।

५. विद्या भण्डारी र बाबुरामको खाली सीटमा संविधानको छेकबार !

राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन एमाओवादी नेता डा.बाबुराम भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सांसद पदमा अब नयाँ निर्वाचन हुने कि नहुने ? यो प्रश्न अहिले संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ र कानुनमन्त्री अग्नि खरेलले दिनहुँ सामना गरिरहेका छन् । उनीहरुको जवाफ हुने गरेको छ- संविधान यसबारेमा मौन छ ।

६. लोडसेडिङ हटाउन प्रधानमन्त्रीलाई गगनका १० सुझाव

प्रधानमन्त्री केपी ओलीले एक वर्षभत्रि देशलाई लोडसेडिङ मुक्त राख्ने घोषणा गरेपछि यसबारे नयाँ बहस सुरु भएको छ । यो बहसमा सरिक हुँदै सांसद गगन थापाले लोडसेडिङ हटाउने भए १० वटा काम गर्न प्रधानमन्त्रीलाई अनलाइनखबरमार्फत सुझाव दिएका छन् ।

७. ८ लाख लिटर मटितेल निगमको डिपोमा थन्कियो, जनता दाउरा किन्न लाइनमा 

पकाउने ग्यास र मटितेल सकिएको भन्दै सरकारले हालै मात्र काठमाडौंमा दाउरा बेचेको थियो ।तर, सर्वसाधारणलाई दाउराको लाइनमा राखेर नेपाल आयल निगमले मट्टतिेल भण्डारण गरेर राखेको पाइएको छ ।

८. ‘भारतले नेपालको घाँटी अठ्यायो’ भन्ने हृयासट्याग विश्वभर ट्रेन्ड 

‘नेपाल चोक्ड बाइ इण्डिया’ अर्थात ‘भारतले नेपालको घाँटी अठ्यायो’ भन्ने हृयासट्याग विश्वभर ट्रेन्ड भएको छ । विश्वभरको ट्रेण्डिङमा यो आठौं नम्बरमा छ । तर, पाकिस्तानमा भने दोस्रो नम्बरमा नै ट्रेण्डिङ भएको थियो ।

९. माइन्ड चेकः रीमालाई मनपर्छ साहरुख, तर वेनिशाले भनिदिइन् आर्यन सिग्देल 

चलचित्र क्षेत्रमा कलाकारहरुमा मित्रता भन्दा दुश्मनी ज्यादा देखिन्छ । यसैले पनि होला, यहाँ मिल्ने साथी पाउन मुश्किल छ । तर, केही कलाकार यस्ता पनि छन् जसको निकटता खुबै छ । यसमा पर्छन्, नायिकाद्धय वेनिशा हमाल र रीमा विश्वकर्मा ।

१०. एउटै जिल्लाका २० हजार भारतीयसँग नेपाली नागरिकता !

नेपालसँग सीमा जोडिएको भारतको महाराजगञ्ज जिल्लाका ४० वटा गाउँमा बस्ने २० हजार भारतीयसँग नेपाली नागरिकता रहेको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् ।जस अनुसार एउटै सुनौली गाविसका एक हजार भारतीयले नेपाली नागरिकता बोकेर हिँडिरहेका छन् ।

र, यो पनि

डिभोर्स सम्बन्धी अनौठा कानुन, सुन्दैमा तिनछक परिन्छ

डिभोर्सको विषयमा दुनियाका विभिन्न देशमा विभिन्न खाले चलन तथा नियम कानुन रहेका छन् । कतिपय देशहरु डिभोर्सका मामिलामा बढि महिलामैत्री छन् भने कतिपय देशहरुले पुरुषलाई अधिकार सम्पन्न बनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment