+
+
Shares

बेइजिङमा नेपाल र चीनबीच १० वटा सम्झौता, बन्ने भो पोखरा विमानस्थल

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ८ गते १२:३३

PM Oli at china (4)

८ चैत, बेइजिङ । नेपाल र चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ संसद भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौतामा विभिन्न तहमा हस्ताक्षर भएको छ ।

नेपाल र चीनले पारवहन सम्झाता गरेका छन् । सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् । नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको छ ।

खुला व्यापार, ग्यास तथा पेट्रोलियम अन्वेषण ट्रेडमार्क दर्ता सम्वन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

यस्तै पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण सम्झौतामा पनि हस्ताक्षर गरेको छ । यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् ।

PM Oli at china (3)

सम्झौता अनुसार विमानस्थल निर्माणका लागि चीनले दिने रकमको २५ प्रतिशतमा ब्याज लाग्ने छैन भने बाँकीमा २ प्रतिशत ब्याज लाग्नेछ ।

यस्तै हिल्सा सडक एवं सुख्खा बन्दरगाह निर्माण सम्वन्धी अर्को सम्झौता भएको छ । यसमा पनि नेपालका तर्फबाट अर्थमन्त्रीले हस्ताक्षर गरेका छन् । चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको गभर्नर चिरन्जिवी नेपाले जानकारी दिए ।

सम्झौता हस्ताक्षर कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयको एसिया भिगाकी सहायक निर्देशक हो यन्सीले यो भ्रमण ऐतिहासिक महत्वको भएको बताइन् ।

संयुक्त विज्ञप्ति बुधबार आउने

प्रधानमन्त्री  ओलीले चिनियाँ राष्ट्रपति शी जिनपिङलार्इ पनि भेटेका छन् । भेटमा चिनियाँ राष्ट्रपतिले नेपालमा नयाँ संविधान बनेपछि अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीको जारी चीन भ्रमणका क्रममा दुई देशको संयुक्त विज्ञप्ति भने बुधबार आउने भएको छ । प्रधामन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार विज्ञप्तिमा इन्धन आपूर्तिका विषय पनि समेटिने सम्भावना छ ।

यो पनि पढ्नुस्

नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर

यस्ता छन् नेपाल र चीनबीच भएका १० सम्झौता

ओलीलाई चिनियाँ सेनाको सलामी, संविधान निर्माणको प्रशंसा

 चीन र नेपालले एक अर्को देशमा बैंकको शाखा खोल्न पाउने

चीनले नेपालमा पेट्रोलियम खानीको अध्ययन गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?