Comments Add Comment

पारस र शरदको नायकत्वमा नेपालको जित

Paras-Khadka-103६ वैशाख, काठमाडौं । नामिबियालार्इ ३ विकेटले पराजित गर्दै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपमा दोस्रो जित हात पारेको छ । नेपालको जितमा कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै शतक पुरा गरे ।

[sam_list]कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नामिबियाबिरुद्ध दोस्रो जित आत्मसाथ गरेको हो ।

यसअघि शनिबार सम्पन्न खेलमा पनि नेपालले ५ विकेटको जीत हात पारेको थियो ।

कप्तान पारस खड्काको कप्तानी पारीको सहयोगमा नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले अन्तिम बलमा बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो । पारसले ९४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेले ।

Nepal Vs namibia_game summary

त्यस्तै तेस्रो नम्बरमा आएका ब्याट्सम्यान शरद भेषावकरले पनि ७४ रनको अविजित योगदान गरे । उनले १०७ बलमा ६ चौका प्रहार गरे । उनले लगातार दोस्राे पटक म्याच विनिङ पारी खेले । यसअघि शनिबार भएको खेलमा पनि उनले बिजयी रन प्रहार गरेका थिए ।

सुरुवाती ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल २२ र नरेश बुढायर ६ पेविलियन फर्किएपछि आएका शरद र पारसले तेस्रो विकेटका लागि १६७ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपालको जीतको ठोस आधार तय भएको थियो ।

हेर्नुस् भिडियो

नेपालका लागि राजेश पुलामीले १ रनमात्र जोड्न सके भने विनोद भण्डारीले १२ र रनको बनाए । बसन्त २ रनमा अविजित रहे

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल तयार गरेको थियो । नामिबियाका लागि ओपनर कप्तान स्टेफल बार्डले ५१ र जेन गि्रनले ४७ रन बनाएका थिए । त्यस्तै सरेल बर्गरले पनि ४३ रनको अविजित पारी खेलेका थिए ।

बलिङतर्फ नेपालका स्पिनरहरु शक्ति गौचन, बसन्त रेग्मी र सन्दीप लामिछानेले २/२ विकेट लिए । नामिबियाका तीन ब्याट्सम्यान रनआउट भएका थिए ।

विश्व क्रिकेट लिगमा नेपालले दुई खेल जीतेर ४ अंक जोडेको छ । यसअघिका दुई चरणमा नेपालले क्रमसः स्कटल्याण्ड र पपुवा न्यूगिनीसँग पराजित भएको थियो । नेपालले यसअघिका चारै खेलमा पराजय ब्यहोरेको थियो ।

हेर्नुस् जीतपछि नेपाली टाेलीले विजयी गीत गाएको भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment