+
+
Shares

लाप्राकमा फर्किएको खुसी (फोटो फिचर)

श्रीधर पौडेल श्रीधर पौडेल
२०७३ वैशाख १३ गते १२:३८

Gorkha Laprak, earthquake Victims (1)

१३ वैशाख, गोर्खा । वैशाख १२ को विनाशकारी भूकम्पको केन्द्र बनेको गोर्खाको लाप्राक अब एकीकृत नमूना बस्तीको केन्द्र बन्ने आशा जागेको छ ।

लाप्राकमा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण र नमूना बस्ती निर्माणका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन)बीच सम्झौता भएको छ ।

यस सम्झौताले दैनिकी कष्टकर भए पनि लाप्राकवासीको अनुहारमा हाँसो देखिन थालेको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एनआरएन अध्यक्ष शेष घले, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतले लाप्राकमा पाइला टेके । एक वर्षसम्म पुनर्निर्माणको पर्खाइमा कष्टकर दिन गुजारेका लाप्राकबासी अब भने छिट्टै भूकम्प प्रतिरोधी नमूना गाउँका बासिन्दा बन्न पाउने खबरले हर्षित छन् ।

Gorkha Laprak, earthquake Victims (5)

स्थानीय ७६ वर्षीया दमिनी गुरुङ भन्छिन्, ‘अब चाहिँ पक्कै घर बन्छ । एकदम धेरै आशिर्वाद छ घर बनाइदिने नानीहरुलाई ।’

एकीकृत नमूना बस्ती निर्माणको जिम्मा एनआरएनले पाएको छ । एनआरएन अध्यक्ष शेष घलेका अनुसार यस वर्षको जाडो महिना अघि नै एकीकृत बस्ती निर्माण भइसक्नेछ ।

Gorkha Laprak, earthquake Victims (3) Gorkha Laprak, earthquake Victims (8) Gorkha Laprak, earthquake Victims (21) Gorkha Laprak, earthquake Victims (23) Gorkha Laprak, earthquake Victims (22) Gorkha Laprak, earthquake Victims (15) Gorkha Laprak, earthquake Victims (2)

Gorkha Laprak, earthquake Victims (34)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?