Comments Add Comment

पाँच वर्षभित्र ५ होटल खोल्ने अरुण चौधरीको घोषणा

चितवनमा टाइगरल्यान्ड सफारी किनेर पर्यटन उद्योगमा प्रवेश

chaudhwary (5)१६ वैशाख, काठमाडौं । व्यवसायिक क्षेत्रमा कहलिएका अरुण चौधरी पर्यटन उद्योगमा प्रवेश गरेका छन् । चितवनमा लक्जरी रिसोर्ट खोलेर उनी औपचारिक रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका हुन् ।

चौधरीले चितवनको जगतपुरमा सञ्चालित टाइगरल्यान्ड सफारी रिसोर्ट खरिद गरि सञ्चालनमा ल्याएका छन् । राप्ती नदि किनारमा आठ विघामा फैलिएको यो रिसोर्टमा परम्परागत शैलीमा निर्मित ३५ कटेजहरु रहेका छन् ।

चौधरीले आगामी पाँच वर्षभित्र देशका विभिन्न ठाउँमा पाँचवटा लक्जरी होटल सञ्चालन गर्ने घोषणा गरेका छन् । ललितपुरको झम्सिखेल, काठमाडौंको त्रिपुरेश्वर, बुढानिलकण्ठ हाइट र पोखराको सराङकोटमा होटल सञ्चालन गर्ने उनको योजना छ ।

उनका सबै होटलहरु सिजी होल्डिङ कम्पनीको मातहतमा रहनेछन् । ‘नेपालको पर्यटन उद्योगमा सम्भावना देखेर प्रवेश गरेको हुँ’ सिजी होल्डिङका अध्यक्ष चौधरीले भने- ‘पहिलो होटल सञ्चालनमा आइसक्यो, बाँकी होटलको काम पनि फाष्ट ट्रयाकमा अगाडि बढिरहेको छ ।’

चौधरीले चितवनको टाइगरल्यान्डलाई मुलुककै गर्व गर्न लायक रिसोर्टमा परिणत गर्ने योजना सुनाए । सम्पूर्ण सेवा सुविधाहरु स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको सफारी रिसोर्ट बनाउने उनको भनाई छ । यो रिसोर्टको ८० प्रतिशत जग्ग्ाालाई जंगलका रुपमा व्यवस्थापन गर्ने योजना बनाइएको छ ।

tigerland-safari-hotel-2

चौधरीले पाँचवटा होटलमा पाँच अर्ब लगानी गर्ने भएका छन् । उनको दोस्रो होटल झम्सिखेलमा सञ्चालनमा आउँदैछ । सुजुकी मोटरको शो-रुम भएको ठाउँमा बनाउने होटल पाँचतारे हुनेछ । उक्त होटलको व्यवस्थापन बहुराष्ट्रिय अमेरिकी ब्रान्ड होलि डे इनले सम्हाल्ने भएको छ ।

यो होटलमा एक अर्ब २० करोड रुपैयाँ लगानी गर्ने चौधरीको योजना छ । खर्चालु पर्यटकलाई लक्षित गरी निर्माण गरिने यो होटलमा दुई सय रुमहरु रहनेछन् । काठमाडौंमा ८ वटा पाँचतारे होटल सञ्चालनमा आउँदा अहिलेसम्म ललितपुरमा एउटा पनि पाँचतारे होटल छैनन् ।

चौधरीले तेस्रो होटल त्रिपुरेश्वरमा बनाउने जानकारी दिएका छन् । काठमाडौंमा बिजनेशका शिलशिलामा आउने पाहुनालाई लक्षित गर्दै बिजनेश होटल सञ्चालन गर्न लागेको उनको भनाई छ । यो होटलमा १२५ वटा रुमहरु हुनेछन् ।

चौथो चरणमा चौधरीले बुढानिलकण्ठको हाइटमा वेलनेस रिटि्रट रिसोर्ट बनाउने छन् । यो रिसोर्टमा ५० वटा कटेजहरु बनाइने भएको छ । पाँचतारे होटलभन्दा पनि यो रिसोर्ट लक्जरी बन्ने दाबी चौधरीको छ ।

chaudhwary (4)

चौधरीको पाँचौं होटल पोखराको सराङकोटमा सञ्चालन हुनेछ । विशिष्ट पाहुनालाई लक्षित गरेर बनाइने यो होटल लक्जरी हुनेछ । पाँचतारे स्तरको यो होटलमा ८० कोठाहरु बनाउने बताइएको छ । यो होटलमा पनि विदेशी ब्रान्ड भित्राउने तयारी भइरहेको चौधरीले बताए ।

चौधरीले ल्याउन लागेको बहुराष्ट्रिय ब्रान्ड होली डे इनले अहिले विश्वभर ६ लाख रुमहरु हृयान्डल गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय चेन भित्राउँदा मार्केटिङमा सहजता हुने हुँदा होली डे इनलाई रोजेको चौधरीले बताए । उनका अनुसार झम्सीखेलको होटल व्यवस्थापन गर्न होली डे इनसँग सम्झौता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment