Comments Add Comment

हुलाकी लोकमार्ग ३ वर्षभित्रै बनाउन सकिन्छः विकास समिति

hulaki-lokmarga
१६ वैशाख, काठमाडौं । संसदको विकास समितिले हुलाकी लोकमार्गको १७ सय ९२ किलोमिटर सडक तीन वर्षभित्र बनाउन सकिने निष्कर्ष सहितको प्रतिवेदन तयार गरेको छ । झापादेखि धनुषासम्मका सडकको अध्ययनपछि सभामुख ओनसरी घर्तीलाई बिहीबार बुझाइएको प्रतिवेदनमा तीन वर्षभित्र लोकमार्गको सबै खण्ड बनाउन सकिने उल्लेख छ ।

हुलाकी राजमार्गमा पर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये ६ सय ७ किलोमिटर सडक बनाउन भारतले ८ अर्ब रुपैयाँ अनुदान दिएको छ । पहिलो चरणमा ६ सय ७ किलोमिटर सडक बनाउन १३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा बाँकि ११ सय ८५ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै तयार भएको छैन ।

समितिका सभापति रविन्द्र अधिकारीले सडकलाई १ सय ५० किलोमिटरको खण्ड मानेर विभिन्न स्थानबाट एकैपटक काम सुरु गरे सबै सडकको काम तीन वर्षभित्र पूरा गर्न सकिने बताए ।

हुलाकी राजमार्ग अन्र्तगत १ सय ४९ वटा पुल निर्माण गरिनुपर्नेमा हालसम्म ४५ वटा पुल मात्र बनाइएका छन् । समितिले बाँकी पुल बनाउनका लागि पर्याप्त बजेट छुट्याउन र ११ सय ८५ किलोमिटर सडकको डीपीअार तयार पार्ने प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई सुझाव दिएको छ ।

हुलाकी राजमार्ग अन्र्तगत पूर्वदेखि पश्चिमसम्मको ९ सय ७५ किलोमिटर तथा पूर्वपश्चिम राजमार्गबाट मधेशका जिल्ला सदरमुकाम जोड्ने ८ सय १७ किलोमिटर लामो ३२ वटा सडक पर्छ ।

हलाकी राजमार्ग बनाउने चर्चा भएको २६ वर्ष बितेपनि हालसम्म लम्की-टिकापुर र धनगढी-सती ६७ किलोमिटर सडकको मात्र स्तरोन्नती गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment