१७ वैशाख, कलैया । नेपाल बार एसोसिएसन बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुर्व्यवहार गर्ने १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले बुधबार इजलासमा तोडफोड गरी उनीविरुद्ध अभद्र व्यवहार गरेको थियो ।
अदालत र न्यायाधीशको अवहेलना गरेको आरोपमा उनीहरु विरुद्ध जिल्ला अदालतमा बिहीबार मानहानीको मुद्दा दर्ता गरिएको जिल्ला बार अध्यक्ष योगेन्द्रप्रसाद धानुकले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4