Comments Add Comment

डिएसपीका मावलीमा कुखुरा खोर बनाउँदै प्रहरी

khukurako khor_police_nayapatrica३ जेठ, काठमाडौं ।  सशस्त्र प्रहरी बलको काम के हो ? सीमा सुरक्षा गर्ने, दंगा नियन्त्रण गर्ने र तस्करी रोक्ने ।

तर, इलाममा सशस्त्र प्रहरीको जिम्मेवारी फरक छ । त्यहा हाकिमका मावलीको घरमा कुखुराको खोर बनाउने जिम्मा पनि सशस्त्र प्रहरीलाई छ । अाजको नयाँ पत्रिका दैनिकामा समाचार छ ।

उनीहरू इलामको श्रीअन्तु गुल्मका गुल्मपति डिएसपी लकेश तुम्बाहाम्फेका मामाको घरमा कुखुराको खोर बनाउँदै छन् । स्थानीय दीपराज आङदेम्बेलाई कुखुरा पाल्न मन लाग्यो ।

तर, खोर बनाउने कसले ? समस्याको समाधान सशस्त्र प्रहरीका हाकिमले गरिदिए । उनका भान्जाभाइ तुम्बाहाम्फे प्रहरीका डिएसपी भएकाले जवानहरू खोर बनाउन खटिए ।

आइतबार दिनभरि श्रीअन्तु गुल्मका वरिष्ठ प्रहरी हवल्दार दुर्गासिंह नेम्वाङ, वरिष्ठ प्रहरी हवल्दार दानबहादुर राई र सहायक हवल्दार गंगा खवास कुखुराको खोर बनाउन खटिएका थिए । सुरुमा उनीहरूले अरूको काम गर्न जान अस्वीकार गरेपछि डिएसपी तुम्बाहाम्फेले थर्काएर पठाएको गुल्म स्रोत बताउँछ ।

सहयोग गर्न प्रहरी गएका हुन् डिएसपी तुम्बाहाम्फेले सशस्त्र प्रहरीका जुनियर अधिकारीहरू मामाको घरमा गएको स्विकार्दै उनीहरूले सामान्य सहयोग गरेको बताए । ‘म मावलीमा गएको हो, म जाँदा खोर बनाउने काम भइरहेको रहेछ, मौका परेकाले

स्रोतका अनुसार दुई दिनदेखि डिएसपी तुम्बाहाम्फेले प्रहरीका जुनियर अधिकारीलाई आफ्ना मामाको घरमा काममै खटाएका थिए । तीनजना  प्रहरी बिहानदेखि बेलुकासम्म टहरो बनाउन खटिएका छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले घटनाबारे छानबिन हुने बताए । ‘व्यक्तिगत काममा त्यसरी सुरक्षाकर्मी खटाउन पाइन्न, खटाइएको रहेछ भने कारबाही हुन्छ,’ खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment