+
+
Shares

‘मरिना’मा आर्यनसँग बर्षाको जोडी, गीत गाउनेलाई अवसर दिइने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २४ गते १२:३५

aaryan and barsha
चलचित्र ‘मरिना’ निर्माण हुने भनिएको लामो समय भैसकेको छ । तर, विविध कारणले गर्दा चलचित्रको निर्माण हुन सकेको थिएन । तर, अब यसको छायांकन एक महिनापछि सुरु हुने भएको छ ।

चलचित्रको मुख्य कलाकारमा आर्यन सिग्देल, बर्षा राउत र गौरव पहारी छन् । यसैविच, चलचित्रको छायांकन सुरु हुन अगावै एउटा प्रतिस्पर्धा सुरु गरिएको छ ।

चलचित्रका प्रस्तुतकर्ता श्याम अर्यालका अनुसार चलचित्रमा समावेश ‘तिमी नै मेरो हर खुशी’ बोलको गीत गाएर युटुबमा राख्नेमध्ये एक जोडीले यो गीत गाउने अवसर पाउनेछन् । उत्कृष्ट गीत गाउनेको स्वर चलचित्रमा समावेश गरिनेछ ।

जुलाई ३० सम्ममा युटुबमा गीत राखिसक्नुपर्ने श्यामको भनाई छ । नायक आर्यन सिग्देलले गीत गाएर स्टार बन्न आग्रह गरेका छन् । रतन थापाको निर्माणमा बन्न लागेको यो चलचित्रलाई अनुप गिरीले निर्देशन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?