+
+
Shares

नेविसंघले ११ औं महाधिवेशनको मिति र स्थान टुंगो लगाउँदै

सानेपामा केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते १०:२२

२५ जेठ, काठमाडौं । एघारौं महाधिवेशनको मिति र स्थान निश्चित गर्न नेपाली कांग्रेस निकट नेविसंघको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

nebisanghaबैठकले महाधिवेशन कहाँ र कहिले गर्ने भनेर टुंगो लगाउने प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । बैठकमा अध्यक्ष रञ्जित कर्णले असार मसान्तसम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । काठमाडौं, पोखरा, चितवन वा विराटनगरमध्ये कुनै एक स्थानमा महाधिवेशन गर्ने प्रस्ताव पनि कर्णले गर्ने बताइएको छ ।

तत्कालीन पार्टी सभापति सुशील कोइराला र शेरबहादुर देउवा पक्षको अन्तरसंघर्षका कारण महाधिवेशनको मिति पटक-पटक तोकिए पनि स्थगित हुँदै आएको थियो । १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा देउवा निर्वाचित भएलगत्तै भ्रातृ संगठनहरुको महाधिवेशन भदौ भित्र गराइसक्ने घोषणा गरेका थिए ।

२०६४ सालदेखि हुन नसकेको नेविसंघको महाधिवेशनलाई चासोका साथ हेरिएको छ । आउँदो महाधिवेशनबाट नेविसंघ संघीय संरचनामा जानेछ ।

मंगलबारको केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिको संख्या, पदाधिकारीको संख्या, नीति तथा कार्यक्रम लगायतका विषयमा पनि छलफल हुनेछ । बैठकले महाधिवेशन प्रतिनिधिलगायत आवश्यक तयारीका सम्पूर्ण प्रक्रिया टुंगो लगाउने नेविसंघ प्रवक्ता लामिछानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?