Comments Add Comment

बलात्कारको घटनामा निश्पक्ष छानविन गर्ने सशस्त्रको प्रतिवद्धता

सहमतिपछि स्थानीयकाे आन्दोलन फिर्ता

Kapilbastu

१ असार, कपिलवस्तु । कपिलबस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी जवानबाट बलात्कृत अपांगता भएकी महिलाको उपचारमा सहयोग गर्ने र निश्पक्ष छानविन गर्ने सहमतिपछि पीडित परिवारले आन्दोलन तत्कालका लागि फिर्ता लिएका छन् ।

सशस्त्र प्रहरीको बिन्धवासिनी गणले चार दिनभित्र घटनाबारे अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक पर्ने प्रतिबद्धता पीडित परिवारसँग गरेको छ भने पीडित महिलाको उपचारका लागि तत्काल १५ हजार सहयोगसमेत गरेको छ ।

चन्द्रौटाका स्थानीयले बोल्न नसक्ने अपांग महिलामाथि प्रहरीका जवानहरूले सामुहिक बलात्कार गरेको र त्यसपछि संगठित रुपमै अपराधी उम्काउन लागेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराएका हुन् ।

पिडित महिलाको उपचारका लागि केहि एनजिओ र स्थानीयले समेत सहयोग गरेका छन् । कपिलबस्तुमा उपचार हुन नसकेपछि उनलाई भैरहवा अस्पताल लगिएको थियो । उपचारको पैसा तिर्न नसकेपपछि अस्पतालले हिजो साँझ डिस्चार्ज गरेको थियो ।

अति विपन्न परिवारकी ती महिलाको उपचारका लागि केहि सहयोग संकलन भएपछि स्थानीय अगुवाको सक्रियतामा पुनः उपचारका लागि बुटवल पठाइएको छ । मानसिक रुपमा बिक्षिप्त ती महिलाको बुधबारदेखि बुटवलमा उपचार भइरहेको परिवारले जनाएका छन् ।

व्यापक जनदवावपछि सोमबार विहान विन्ध्यवासीनी गणले बलात्कारका अरोपी लोकराज वस्तीलाई मात्र प्रहरीसमक्ष बुझाएको थियो । पीडितले १० जना संग्लग्न रहेको बयान दिएकाले अन्यलाई पनि प्रहरीसमक्ष बुझाउनुपर्ने भन्दै स्थानीयले आज राजमार्ग बन्द गराएका थिए ।

यो पनि पढ्नुस्

बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान पक्राऊ

कपिलबस्तुबासी भन्छन्- हामी असुरक्षित भयौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment