+
+

अत्यधिक मदिरा सेवनबाट तीनको मृत्यु, दुई सिकिस्त

रासस रासस
२०७३ असार ५ गते ८:३५

wine५ असार,महोत्तरी ।  अत्यधिक मदिरा सेवनबाट  महोत्तरीमा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति १० बजेसम्म सहसौला चोकमा अवस्थित विनोद महराको मदिरा पसलमा मदिरा पिएर घर गएका उनीहरुको आज बिहान २ बजेदेखि ४ बजेको बीचमा घरमै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

यसैबीच मदिरा पिएर औरही गाविस–३ का बद्री मल्लिक र मदिरा पसले विनोद महरा पनि सिकिस्त बिरामी भएकामा मल्लिकको उपचार इलाका हेल्थ पोष्ट रामगोपालपुरमा भइरहेको छ भने महरालाई परिवारजनले उपचारका लागि जिल्ला बाहिर लगेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

मृतकहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको छ भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?