+
+

धेरै काम गर्ने महिलामा क्यान्सरको खतरा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ७ गते ९:११

womenकामकाजमा धेरै व्यस्त हुने महिलामा पुरुषको तुलनामा क्यान्सरको जोखिम अधिक हुने एक अध्ययनले देखाएको छ ।

अमेरिकाको ओहियो स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार जो महिला ३ दशकभन्दा लामो समयसम्म हप्तामा ६० घण्टा वा सो भन्दा बढि समय काम गर्दछन् उनीहरुमा क्यान्सरको खतरा उच्च हुन्छ । कामको अधिक चापका कारण उत्पन्न हुने तनाव र दबाब क्यान्सरको मुख्य कारक रहेको बताइएको छ ।

शोधकर्ता टोलीका  प्रमुख प्राध्यापक डाक्टर अलार्ड डेम्बेका अनुसार एकसाथ विभिन्न भूमिका निर्वाह गर्ने महिलाहरु क्यान्सरको बढि खतरामा हुन्छन् । धेरै क्षेत्रमा काम गर्नुपर्ने महिलाहरु अनेक खालका रोगबाट घेरिने खतरा हुन्छ । त्यस्तै हप्तामा ४१ देखि ५१ घण्टासम्म काम गर्ने पुरुषमा पनि यस्तो खतरा हुन्छ । त्यस्तै हप्तामा ४० घण्टासम्म तनावपूर्ण वातावरणमा काम गर्ने पुरुषमा समेत फोक्सो तथा मुटुसम्बन्धी समस्या अधिक हुन्छ । त्यस्तै काममा बढि लिप्त हुने पुरुष बाथ रोगको जोखिम उच्च हुने शोधकर्ताले बताएका छन् ।

३२ वर्ष तथा सो भन्दा बढि उमेरका कामकाजी महिलाहरुमा उनीहरुको उमेर तथा कामको घण्टाबीच तुलना गर्दा शोधकर्ताहरुले पाए की यस्ता महिलाहरु औषतमा ८ वटा जटिल रोगमध्ये कुनै न कुनै रोगबाट पीडित हुने गरेका छन् । यसमा मुटुरोग, क्यान्सर, बाथ, स्वास प्रस्वास सम्बन्धी रोग, मधुमेह, दम, डिप्रेसन तथा उच्च रक्तचाप सम्बन्धी समस्या छन् ।

शोधकर्ताहरुले अमेरिकाको सन् १९७९ मा भएको युवाहरु सम्बन्धी एक राष्ट्रिय सर्भेक्षणको तथ्यांकको प्रयोग गरेका थिए । यसमा सन् १९५७ देखि १९६४ को बीचमा जन्मिएका १२ हजार जना अमेरिकीहरुको तथ्यांक सामेल गरिएकेा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?