+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

नेपाल–जापान राजनीतिक परामर्श बैठक बुधबार

रासस  रासस 
२०७३ असार १४ गते १६:२०
१४ असार, काठमाडौं । नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक बुधबार हुने भएको छ।
Nepal-Japanबैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुवै मुलुकका अधिकारीले विचार आदानप्रदान गर्नुका साथै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका बारेमा पनि छलफल हुनेछ।
बैठकमा नेपालको विकास प्रयासमा उपलब्ध जापानी सहयोग, भूकम्पपछिको पुनःनिर्माणमा जापानी मद्दत एवम् क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका सहसचिव एवम् उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झविन्द्रप्रसाद अर्यालले बताए।
बैठकमा जापानी पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी, दक्षिणपश्चिमी मामिला विभागका महानिर्देशक काजुया नासिदाले गर्नेछन् भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव अर्यालले गर्नेछन्।
बैठकमा भाग लिने तीन सदस्यीय जापानी प्रतिनिधिमण्डल मंगलबार बिहान राजधानी आइसकेको जानकारी दिँदै उनले त्यसमा नेपालका लागि जापानका राजदूत मासासी ओगावासहित नेपालस्थित जापानी राजदूतावासका उच्च अधिकारीहरु नौजना सहभागी हुने बताए।
त्यसैगरी बैठकमा नेपालका तर्फबाट परराष्ट्र, शिक्षा, स्वास्थ्य, अर्थ, गृह, कानुन, भौतिक पूर्वाधार, ऊर्जा, उद्योग, वाणिज्य, पर्यटन, वन, राष्ट्रिय योजना आयोग र नेपाल पुनःनिर्माण प्राधिकरणका वरिष्ठ अधिकारीहरु १५ जना सहभागी हुने जानकारी पनि सहसचिव अर्यालले दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?