Comments Add Comment

केरा बेचेर लखपति !

Banana१ साउन, काठमाडौं । पश्चिम चितवन जगतपुरका घननाथ महतोले व्यवसायिक रुपमा केरा खेती गर्न थालेको चार वर्ष भयो ।

यति बेला केरा स्यहार्न व्यस्त महतोले १६ विघामा केरा लगाएका छन् । केरा खेतीबाट उनले वार्षिक २४ लाख रुपैयाँ आम्दानी गर्छन् ।

‘वार्षीक एक विघामा डेढ लाख नाफा बच्छ’ उनले भने, ‘अहिले सरकारले बिमाको व्यवस्था गरेपछि केरा खेतिमा समस्या भएको छैन ।’ बैंकमा काम गर्दै आएको महतोले त्यो काम छाडेर केरा खेतीमा लागेका अाजको अन्नपूर्णमा समाचार छ ।

महतो मात्र होइन, चितवनमा व्यावासायिक रुपमा केरा खेती गरेर राम्रो आयआर्जन गर्ने किसानको स.ख्या ६ सय २० भन्दा बढी छ । केरा व्यवसायी संघका अनुसार जिल्लामा केराको वार्षिक एक अर्बको कारोबार हुने गरेको छ ।

केरा खेतिबाट चितवनका किसानले वार्षिक २५ करोड रुपैयाँ मुनाफा गर्ने गरेका छन् । उर्बर भूमि चितवनमा खेतीयोग्य जमित खण्डीकरण हुने क्रम बढेसँगै केरा खेतीमा नकारात्मक असर परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment