+
+
Shares

ट्यांकरको पानीले उपत्यकामा हैजा !

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २० गते ५:५४

water_tanker२० साउन,काठमाडौं । ट्यांकरबाट वितरण गरिएको अत्याधिक प्रदुषित पानीका कारण उपत्यकामा हैजाले प्रकोपको रुप लिएको पुष्टि भएको छ ।

विगत एक महिनादेखि ललितपुर भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा फैलिरहेको हैजाको मुख्य कारण दिसा मिश्रति प्रदुषित पानी कोलिर्फम भएको स्वास्थय सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।

हैजाका संक्रमितले पिउँदै आएको पानीको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा करिब ६० प्रतिशत भएको फेला परेको आजको अन्नपूर्णमा समाचार छ ।

महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र जोन हप्किन्स विश्वविद्यालयबाट खतिटएको टोलीले स्थलगत अध्ययनपछि संकलन गरेको १६ वता पानीका नमुना जाँच गर्दा ४६ वटामा कोलिर्फम पाइएको महाशाखाका डा. गुणनिधि शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?