Comments Add Comment

काठमाडाैंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र

electric-line२८ साउन, काठमाडौं ।  मुलुकको सबैभन्दा बढी विद्युत् खपत हुने क्षेत्र काठमाडौंसम्म बिजुली ल्याउनका लागि महत्वपूर्ण मानिएको २२० केभी हेटौंडा–भरतपुर ट्रान्समिसन लाइन निर्माण नभई अलपत्र अवस्थामा पुगेको छ ।

पूर्व र पश्चिम क्षेत्रमा उत्पादन हुने विद्युत् काठमाडौं ल्याउनका लागि अत्यावश्यक मानिएको यो प्रसारण लाइन ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र भएको हो ।

प्रसारण लाइन निर्माणका लागि पाएको चीनको इन्टरनेसनल कम्पनी र तारको निर्माण ठेक्का लिएको भारतको इकम कम्पनीले समयमै कार्य नगर्दा तीन वर्षअघि नै सम्पन्न हुने आयोजनाको काम हालसम्म ७५ प्रतिशत मात्र पूरा भएको आजको कारोबार दैनिकमा समाचार छ ।

“ठेकेदारले समयमै काम नगर्दा तीन वर्षअघि सम्पन्न हुनुपर्ने आयोजनाको काम ७५ प्रतिशत मात्र सकिएको छ, अहिले छिटो गर्नका लागि ताकेता गरिरहेका छाैं,” प्रसारण लाइन आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले भने ।

उनका अनुसार विगत केही महिनादेखि काम गर्न समेत छोडेको चिनियाँ कम्पनी बल्ल काममा फर्केको छ भने भारतीय कम्पनीले वर्षापछि मात्र काम गर्ने जानकारी दिएको छ ।

यसअघि वन मन्त्रालयको स्वीकृतिमा ढिलाइ तथा स्थानीयवासीको अवरोधको कारण भोगेको प्रसारण लाइनले अहिले ठेकेदारको बेवास्ता भोगिरहेको छ ।

यो आयोजना नबनेसम्म मध्य र पश्चिम क्षेत्रमा बनिसकेका र बन्न लागेका माथिल्लो मस्र्याङ्दी ए, कालीगण्डकी, झिमरुक लगायतका जलविद्युत्बाट उत्पादित बिजुली काठमाडौंसम्म ल्याउन असम्भवजस्तै रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

पश्चिम क्षेत्रमा उत्पादित विद्युत् तथा निर्माणाधीन अपरसेती, अपरमस्र्याङ्दी, अपरतामाकोसी लगायतका आयोजनाको विद्युत् पूर्वी र पश्चिम क्षेत्रका साथै काठमाडौं उपत्यकामा प्रसारण गर्न यो महत्वपूर्ण प्रसारण लाइन हो । यो लाइन बनेपछि हेटांैडाबाट स्यूचाटारसम्म बिजुली ल्याउन सहज हुने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन निर्माणका लागि २००९ मार्चमा ठेक्का सम्झौता भएर २०१३ भित्रै पूरा गर्ने लक्ष्य थियो । तर, ८ महिना अघिमात्र वन मन्त्रालयबाट स्वीकृत पाएको आयोजना अन्तर्गत २२६ टावर निर्माण सम्पन्न हुनुपर्नेमा १३९ वटाको जग निर्माण सम्पन्न भएको छ । यस्तै, ९२ वटा टावर निर्माण सम्पन्न भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment