+
+
Shares

स्पेनमा दिदीबहिनीहरुले तीज मनाए

वसन्त रानाभाट वसन्त रानाभाट
२०७३ भदौ २१ गते ९:१६

teej_spainबार्सिलोना ।  स्पेनमा रहेका नेपाली दिदीबहिनीहरुले तीज मनाएका छन्। प्रवासी नेपाली मञ्च स्पेनको आयोजनामा सोमवार बार्सिलोनमा तीज मनाएका हुन्। प्रत्येक बर्ष तीजको अबसरमा आयोजना गर्ने कार्यक्रममा स्पेनबासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्य्रक्रममा नेपालबाट आएका ख्याति प्राप्त लोकदोहोरी गायक राम्जी खाँड र सालैजु गायिका लाली बुढाथोकीले गीत संगीत प्रस्तुत गर्दै महिला दिदिबहिनिहरुलाई नचाएका थिए। कलाकारहरुले तीजका भाका मात्र नभई लोकदोहोरी, सालैजु र पन्चे बाजाका गीतहरु सुनाउँदा बाताबरण संगीतमय बनेको थियो। साथमा स्थानीय कलाकारहरुले पनि बिशेष प्रस्तुति राखेका थिए।

बार्सिलोनाका लागि प्रर्यटन बोर्ड प्रतिनिधि दीपक खरेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ, महिला फोरम संयोजक सीता सिंह लगायतले शुभकामाना ब्यक्त गरेका थिए। मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव लक्ष्मण शर्माले गरेका थिए।

यसैबीच मञ्चले तीजको कार्यक्रममा बिक्रि भएको टिकटबाट दुई युरो बाढी पहिरो पिडितलाई छुट्टाईने जनाएको छ। बाढीपहिरोबाट प्रभावित म्याग्दी जिल्लाको बेगखोला गाबिसमा सहयोग पुर्याउँने मञ्चले लक्ष्य लिए अनुरुप बिक्रि भएको टिकटवाट रकम संकलन गरेको हो। कार्यक्रममा उपस्थित ईच्छुक सहयोग दाताहरुबाट समेत रकम संकलन गर्दै छिट्टै बिबरण  सार्बंजनिक गर्ने मञ्चले जनाएको छ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?