+
+
Shares

दशैंअघि नै संविधान संशोधन प्रक्रिया सुरु हुन्छः मन्त्री केसी

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १२ गते १४:०३
arjun narshing kc 1
फाइल फोटो

१२ असोज, विराटनगर । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले एक साताभित्रै संविधान संशोधनको प्रकृया अघि वढ्ने वताएका छन ।

सरकारले मधेसी मोर्चाले उठाएको उचित मागलाई सम्वोधान गर्न दशै अगावै संविधान संशोधन प्रक्रिया अगाडि वढाउन तयारी सुरु गरिसकेको उनले जानकारी दिए ।

बिराटनगरमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री केसीले संविधान संशोधनका लागि मुख्य दलहरुबीच छलफल चलिरहेकाले दलहरुको सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि वढाइने पनि प्रष्ट पारे ।

असन्तुष्टहरुको माग संम्वोधन गर्न र संविधानलाइ सर्वस्वीकार्य बनाउन संविधान संशोधन आवश्यक रहेको उनले भनाइ छ । संविधान जारी भइसकेकाले संविधानको सफल कार्यान्वयनका लागी मधेसी, आदिवासी जनजातीको माग प्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

मन्त्री केशीले नयाँ संविधान अनुसार तीनवटै तहको निर्वाचन गर्न सरकार तयार रहेको जानकारी दिँदै यसका लागी पनि गृहकार्य सुरु गरिएको बताए ।

निर्वाचन नभएमा मुलुकमा संवैधानिक संकट उत्पन्न हुने बताउँदै मन्त्री केसीले २०७४ माघभित्रै तीनै तहको निर्वाचन सम्पन्न गराउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?