Comments Add Comment

भारत र रुसबीच महत्वपूर्ण १६ सम्झौता

modi-and--putin
भारत । भारतको गोवामा चलिरहेको ब्रिक्स सम्मेलनको पहिलो दिन भरत र रुसबीच १६ वटा महत्वपूर्ण सम्झौता भएको छ । उर्जा, बिजुली, जहाज निर्माण, स्पेस र स्मार्ट सिटी लगायतका महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर भएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा रहेका बेला यस्ता सम्झौता भएका हुन् । दुईदेशबीच आतंकवादलाई निस्तेज पार्ने विषयमा पनि सम्झौता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सम्झौतामा कामोफ हेलिकोप्टर २०० एयर डिफेन्स र कुडनकुलम प्लान्ट लगायतका विषय समेत समावेश छन् ।

सम्झौतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने- पुटिनसँग आतंकवाद र त्यसको समर्थन गर्नेहरुलाई कुनै किसिमको सहनशीलता नलिने सहमति भएको छ ।’ मोदीले नयाँ साथीभन्दा पुरानो मित्रता राम्रो हुने टिप्पणी पनि गरे ।

उनले आतंकवादविरुद्धको लडाँइमा रुसको नीति भारतको जस्तै स्पष्ट रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment