१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तहरुलाई बोलाएर छलफल गरेका छन् ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल शुरु भएर उनी निलम्बनमा परिसकेको अवस्थ्ाामा प्रधानमन्त्रीले पाँचैजना आयुक्तसँग सामुहिक छलफल गरेका हुन् ।
आयुक्त नवीनकुमार घिमिरेले प्रधानमन्त्रीले नियमित भेटघाट अन्तर्गत आयोगको काम कारबाहीबारे जानकारी लिएको अनलाइनखबरलाई बताएका छन् । सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले प्रमुख आयुक्त कार्कीविरुद्ध महाअभियोग दर्ता भएपनि आयोगको कामलाई नरोक्न आग्रह गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
त्यसअघि उनले पछिल्लो अवस्थामा आयोगले कसरी काम गर्दैछ भन्नेर आयुक्तहरुसँग जिज्ञासा राखेका थिए ।
आयोगका आयुक्तहरु र प्रधानमन्त्रीवीच विहान ९ बजेदेखि करिब आधा घण्टा छलफल भएको थियो ।
प्रतिक्रिया 4