Comments Add Comment

नुवाकोटमा बस दुर्घटना, एक युवतीको मृत्यु

१४ कात्तिक, विदुर । नुवाकोटको तारुकाघाटबाट जोरचौतारा जाँदै गरेको बस आइतबार दुर्घटना हुँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

DeadbodyofWoman
फाइल तस्वीर

जिल्ला प्रहरी कार्यालय नुवाकोटका बा ३ ख २००० नम्वरको बस तारुका गाविस- १ मा दुर्घटना हुँदा तारुका-५ की १७ वर्षीया बिमला सार्कीको मृत्यु भएको हो । दुर्घटनामा तारुका-३ कोल्डाँडाका विष्णु अधिकारी घाइते भएका छन् । उनलाई उपचारको लागि अस्पताल लगिएको छ । अन्य यात्रुहरुको अवस्था सामान्य छ ।

उकालोमा जाँदै गरेको बसमा ब्रेक नलागेर पछाडि गुड्न थालेपछि बिमला सार्की ढोकाबाट हमफालेर बाहिर निस्किएको र सोही बसले च्याप्दा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी पत्रकार विष्णु तारुकेले जानकारी दिए ।

तिहारका लागि घर फर्कनेहरुको बसमा चाप रहेको र ग्रामिण मोटरबाटोको अवस्था कमजोर रहेकाले उक्त घटना भएको बताइएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment