२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंहकार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएका छन् ।
मानव अधिकारकर्मीहरूको टोलीसँग सोमबार विहान भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र रक्षाका लागि पनिव्यवस्थापिका–संसद्मा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने बताए ।
‘प्रमुख दलका शीर्ष नेता महाभियोगकै पक्षमा हुनुहुन्छ, पारितगर्नेबारे आन्तरिक गृहकार्य भइरहेको छ‘ उनले भने ।
वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गएको मानव अधिकारकर्मीको टोलीले संविधानको प्रस्तावनामा अहिंसा शब्द थपगर्नुपर्ने, मानवअधिकार उल्लङ्घनका दोषीलाई भविष्यमा कुनै पनि पदमा नियुक्त गर्न नहुने र लागु औषधविरुद्ध राष्ट्रिय अभियान थालनीगर्नुपर्ने माग गरेको छ ।
भारत–पाकिस्तानबीचको तनावमा सहजीकरण गर्नुपर्ने, छिटै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने, जलवायु परिवर्तनबारेआयोग बनाएर काम गर्नुपर्नेलगायतका विषय पनि अघि सारेको छ ।
रासस
प्रतिक्रिया 4