Comments Add Comment

बोल्ड सुष्मा बन्दैछिन् सफ्ट

susma-karki
नेपाली चलचित्र क्षेत्रमा धेरै कलाकार कतिवेला उदाउँछन् र कतिवेला अस्ताउँछन् पत्तै हुँदैन । धेरै नायक-नायिका केहि समय हरेक कोणबाट चर्चित बन्छन् । तर, क्षणिक समयमा नै उनीहरुको करिअर पनि सेलाउँछ ।

आइटमदेखि चलचित्रको पर्दामा समेत सफलता पाएकी नायिका सुष्मा कार्की केहि समय अगाडिसम्म मिडियामा खुबै छाएकी थिइन् । उनलाई लिएर विभिन्न खालका गसिप, समाचार बन्थे । प्रेमको चर्चाले त अझ सुष्मालाई लामो समय तरंगित बनाइदियो । चलचित्रको पर्दा होस् या पर्दा बाहिर, हट तस्बिर खिचाएर उनले अझ चर्चा पाइन् ।

तर, अहिले सुष्मा कार्की हराए जस्तै छिन् । चलचित्र ‘चलेछ बतास सुस्तरी’ असफल भएपछि सुष्मालाई निर्माता-निर्देशकले खोजेका छैनन् । सुष्मा भने आफूलाई चलचित्रको अफर आएको बताउँछिन् । उनले अनलाइनखबरसँग भनिन्-‘३ वटा चलचित्र मैले छाडिसकेँ । सबै चलचित्रको कथावस्तु एउटै हुन्छ । मलाई खासै चित्त नै वुझेको छैन ।’

घरयासी जीवनमा नै बढी रमाउन थालेकी सुष्माले भनिन्-‘ताप्लेजुङको पाथिभरा माइको बिषयमा निर्माण हुन लागेको एक चलचित्रबाट पनि अफर आएको छ । तर, गरौ या नगरौ दोधारमा छु ।’

सुष्मा अहिले निकै सफ्ट पनि बन्न थालेकी छिन् । पूजापाठ र घरयासी कामकाजमा रमाउने सुष्मा देश-विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा भने आफू पुग्ने गरेको बताउँछिन् ।

हुनत, धेरै कलाकार करिअर ओझेल परेपछि अफर आएको तर नगरेको भन्ने एउटै जवाफ दिन्छन् । के नेपाली चलचित्रबाट सुष्मा यूग सकिएकै हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment