+
+
Shares

ओलीलाई कानुनमन्त्रीको प्रश्नः हिजो तपाईले गरेको हस्ताक्षर पनि राष्ट्रघाती थियो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १५ गते १६:०६

ajaya-shankar-nayak

१५ मंसिर, काठमाडौं । कानूनमन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले साढे तीन महिना मेहनत गरेर संशोधन प्रस्ताव ल्याएको भन्दै उनले यसको विरोध गर्ने कुनै ठाउँ नै नरहेको बताए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले संशोधन एमालेको पनि भएको दाबी गरे । माओवादी नेता समेत रहेका मन्त्री नायकले थपे, ‘एमालेले कुन धरातलमा उभिएर यसको विरोध गरेको छ, मलाई त आश्चर्य लागेको छ ।’

कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको प्रस्ताव बमोजिम नै सीमांकन सम्बन्धी संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै उनले भने, ‘कि त ओलीजीले भन्न सक्नुपर्छ, हिजो आफूले गरेको हस्ताक्षर राष्ट्रघाती थियो भनेर ? होइन भने साम्प्रदायिक नारा दिएर के फाइदा हुन्छ ?’

सीमांकन विवाद समाधानका लागि संघीय आयोग बनाउनेे कुरा भइरहेको भन्दै उनले साम्प्रदायिक नारा दिए समस्या बढ्ने बताए । मधेसमा जबरजस्ती दौरा सुरुवाल लगाउन लगाउने कुरा गरेर आन्तरिक राष्ट्रिय एकता बलियो नहुने उनले बताए ।

उनले समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि संविधानको पहिलो संशोधनको लागि एमालेले अग्रणी भूमिका खेलेको भनेर सचिव प्रदिप ज्ञवालीले दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै मन्त्री नायकले भने ‘एमालेले त्यतिकै दिएको हो र ? आन्दोलन भयो । हामीले भीख मागेर उहाँहरुले दिनुभएको र, त्यसैले धाक लगाएर कुरा नगरे हुन्छ ।’

चुनाव सबै दलहरुको लागि साझा मिलनविन्दु भएको भन्दै उनले एमाले पन्छिन नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?