Comments Add Comment

युवा संघ रुपन्देहीका अध्यक्षमाथि गोली प्रहार

४ पुस, बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ । गोली लागेर तिवारी घाइते भएका छन् । उनलाई देवदह मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।

untitled-1देवदह नगरपालिकाको खैरहनी बजारमा सोमबार दिउँसो तिवारीमाथि गोली प्रहार भएको हो । गोली हान्ने समूहको पहिचान भएको छैन ।

रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले गोली हानेर फरार भएको डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार गोली हान्ने व्यक्तिहरुको खोजी कार्यलाई तिव्रता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment