Comments Add Comment

तरुलले बचाउँछ क्यान्सरबाट, यी हुन् स्वादिलो तरुलका गुणैगुण

tarulतरुलको तरकारी कसलाई पो नमीठो हेाला र ? तरकारी बनाएर मात्र नभै उसिनेर मात्रै पनि खाइने तरुल माघे संक्रान्तिमा त खानैपर्ने कन्दमुल हो ।

निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ । वास्तवमा तरुल केवल तरकारी मात्र होइन, जडीबुटी नै हो ।

तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बि वान, फोलिक एसिडका अलावा पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइन्छ ।

तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै लाभ मिल्दछ । साथै तरुलमा हुने एन्टीअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले सरीरमा क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्दछ । यो क्यान्सरको कारक तत्वको रुपमा रहेका फ्री रेडिकल्स सँग लड्दछ । साथै तरुल दमरोगीका लागि पनि फाइदजनक हुन्छ ।

तरुल नियमित रुपमा सेवन गर्नाले कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट पनि राहत मिल्दछ । साथै तरुलको नियमित सेवनले स्मरण क्षमतामा वृद्धि हुन्छ भने अल्जाइमर रोगबाट बचाउँछ । तरुलमा पाइने ओमेगा थ्री ले रक्तसंचारलाई नियमित गर्नुका साथै धमनीहरु बन्द हुने समस्या हटाउँछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment