+
+
Shares

दिदी भाइको सम्बन्ध देखाउने ‘डाइङ क्यान्डल’

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २९ गते १३:१२

dying-candal
चलचित्र ‘डाइङ क्यान्डल’को ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्र माघ २८ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । अमेरिकाको प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलमा तीन मुख्य विधामा मनोनित र छायांकन विधाको पुरस्कार समेत जितेको यो चलचित्रलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । चलचित्रमा केसीकै लेखन छ ।

चलचित्रमा श्रृजना सुब्बा, लाक्पा सिङ्गी लामा, सौगात मल्ल, अर्पण थापा, विद्या कार्की लगायतका कलाकारको अभिनय छ । उत्तम फिल्मस्, नेशनल मिडिया र मदर पिक्चर्सको संयुक्त प्रस्तुतीमा तयार भएको यो चलचित्रमा रविन आचार्य, विमल सुवेदी र उत्तम केसीको लगानी छ ।

रविन आचार्य र दिपाङ्कर सिक्देरको छायांकन रहेको चलचित्रलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । दिदी र भाइको आत्मिय सम्बन्धलाई चलचित्रमा देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?