+
+

विकास बजेटमा कमिशनखोरी र भ्रष्टाचार बढ्यो

वीरगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृतमाथि छानविन

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ७ गते १५:०८

ghus-3

७ माघ, काठमाडौं । स्थानीय निकायमा फर्जी बिल पेश गरेर विकास निर्माणको बजेटमा आनियमिता हुने गरेका उजुरीहरु बढ्न थालेका छन् ।

सरकारका विभिन्न निकायमा यस्ता उजुरी बढेपछि सतर्कता केन्द्रले छानविनका लागि टोली खटाएको छ । पछिल्लो समय परेको उजूरीहरुमध्ये ढलान गरिएको सडकमा कालोपत्रे गर्ने भन्दै वीरगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृतले रकम दुरुपयोग गरेको उजुरी परेको छ ।

यस्तै पर्सा जिल्ला विकास समितिले खानेपानी तथा सरसफाइ सम्वन्धी १५ गाविसमा चेतनामूलक कार्यक्रम गरेको र त्यहाँ खर्च भएको भन्दै फर्जी बिल बनाएर पैसा भुक्तानी गरेको उजूरी परेको छ ।

यसरी फर्जी बिल बनाएर र कमिशन मार्फत कम गुणस्तरको काम गर्ने विकृती मौलाइरहेको भन्दै हेलो सरकारमा उजूरी बढिरहेको छ । त्यही उजुरीका आधारमा सतर्कता केन्द्रले छानविन गर्न प्रहरी बरिष्ठ उपरीक्षक इन्द्रबहादुर डाँगी क्षेत्रीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।

यस्तै हेटौडा उपमहानगरपालिकाको नाममा करीब ३ सय कोठाहरुको १ करोड ५० लाख दाखिला गर्नुपर्नेमा १ करोडमात्र दाखिला गरेर बाँकी रकम कर्मचारीबीच बाँडफाँड गरेको गुनासो परेको छ ।

यस्तै वीरगञ्ज उपमहानगरपालिकाको नाला निर्माण गर्दा गुणस्तरहीन सामाग्री प्रयोग गरेको र त्यसवापत कमिशनको लेनदेन भएको पुष्टि भएको छ ।

सतर्कता केन्द्रले त्यसबारे छानविन गर्न समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?