Comments Add Comment

प्याब्सनमा सम्बाहाम्फेको प्यानल निर्वाचित

प्याव्सनको नवनिर्वाचित पदाधिकारी । तस्वीर: रासस

११ फागुन, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् । राजधानीमा आयोजित १३ औं राष्ट्रिय महाधिवेशनबाट सम्बाहाम्फेको नेतृत्वमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो ।

गएराति सम्पन्न मतगणनामा सम्बाहाम्फेले निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीलाई १२० मतले पराजित गरेका हुन् । सम्बाहाम्फेले ८७१ र पुरीले ७५१ मत पाए । निर्वाचनमा कुल एकहजार ६२३ मत खसेको थियो ।

सम्बाहाम्फे मण्डिखाटारस्थित लोयल्टी स्कुलका प्रिन्सिपल हुन् । नयाँ कार्यसमितिमा अधिकांश सम्बाहाम्फे प्यानलका निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा ढुंगाना, महासचिवमा बानियाँ निर्वाचित

वरिष्ठ उपाध्यक्षमा डीके ढुंगाना, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आरसी श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएको निर्वाचन समिति संयोजक पर्शुराम कोइरालाले जानकारी दिए । इश्वरबहादुर गुरुङ पुरीको प्यानलबाट निर्वाचित भएका हुन् ।

साथै, महासचिवमा राजेन्द्र बानियाँ, उपमहासचिवमा कुमार घिमिरे र कोषाध्यक्षमा टंक भट्टराई निर्वाचित भएका छन् । उपमहासचिव घिमिरे पुरी प्यानलका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment