Comments Add Comment

सप्तकोशीबाट विद्युतको ‘बाढी’ आउँछ, खपतका लागि उद्योगी तयार हुनुस्ः ऊर्जामन्त्री


११ फागुन, काठमाडौं । ऊर्जामन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ ले सप्तकोशी नदीबाट केही वर्षमा विद्युतको बाढी आउने दावी गरेका छन् । मन्त्री शर्माले सप्तकोशीका विभिन्न मुहान नदीहरुबाट विद्युत उत्पादनको योजना अघि बढेको जनाउँदै ४ – ५ वर्षभित्रमा हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने समेत जानकारी दिए ।

उद्योग संगठन मोरङको आयोजनामा बुधबारबाट शुरु भएको विराट एक्स्पो-२०७३ को उद्घाटन गर्दै ऊर्जामन्त्री शर्माले सप्तकोशीको विभिन्न मुहान नदीबाट उत्पादन हुने विद्युत खापत गर्ने तयारी गर्न उद्यमीहरुलाई आग्रह गरे ।

ऊर्जामन्त्री शर्माले भने, ‘अबको केही वर्षमा कोशीबाट बिद्युतको बाढी आउनेछ । त्यो विद्युत खपत गर्न तपाईंहरु तयार रहनुहोस् ।’ उनले कोशी नदी जनताका लागि आतंक भएको चर्चा गर्दै त्यसो हुनुमा योजनाको अभाव रहेको बताए ।

सप्तकोशीका मुहान नदीहरु तमोर, अरुण, भोटेकोशी, तामाकोशीलाई बन्द गरेर विद्युत उत्पादन गर्ने परियोजनाहरु अघि बढेको बताउँदै उनले त्यसबाट हजारभन्दा बढी मेगावाट विद्युत उत्पादन हुने जनाए ।

त्यसखाले योजनामा नेपालीको लगानी आवश्यक रहेको चर्चा गर्दै उर्जामन्त्री शर्माले अहिले नेपालीले पानीमा लगानी गर्नेपर्ने विषयलाई उठाएर बिदेशमा रहेका युवालाई अप्रत्यक्ष रुपमा स्वदेशमा बोलाएको दावी गरे ।

उनले नेपाली लगानीबाट अपुग भएमा मात्र विदेश लगानीका लागि आव्हान गरिने जनाउ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment