२२ फागुन, झापा । एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापाका ९ क्याम्पसमा स्ववियु चुनाव सम्पन्न भएकोमा अखिल भन्दा नेविसंघ अगाडि देखिएको छ । नेविसंघले मेची क्याम्पससहित ६ वटामा जितेको छ भने दुई वटा क्याम्पसमात्रै एमाले निकट अनेरास्ववियुले जितेको छ ।
नेविसंघले काँकडभिट्टा बहुमुखी, गौरीगञ्ज बहुमुखी, गरामनी बहुमुखी, दुर्गा क्याम्पस र दमक क्याम्पसमा जितेको हो । अनेरास्ववियुले गौरादह र त्रिदेव चारआली क्याम्पसमा मात्रै जित हात पारेको छ ।
केपी ओलीको गृहनगर दमकस्थित दमक बहुमुखी क्याम्पसमा समेत एमाले अखिल पराजित भएको छ ।
अखिल क्रान्तिकारी (प्रचण्ड) एउटा क्याम्पसमा विजयी भएको छ । अखिल क्रान्तिकारीले देवी क्याम्पस विर्तामोडमा स्ववियु चुनाव जितेको छ ।
झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी भएको छ । नेविसंघका भुवन बुढाथोकी ३८३ मत ल्याउँदै सभापतिमा विजयी भए । उनका प्रतिद्वन्द्वी अखिलका मनोज ताम्लीले २४६ मत प्राप्त गरे ।
सचिवमा अखिलका विनोद भट्टराईलाई हराउँदै नेविसंघका मिराज पोखरेल विजयी भए । कोषाध्यक्षमा अखिलकी कृतिका कार्कीलाई हराउँदै नेविसंघकी सुहाङमा सुब्बा विजयी भइन् ।
प्रतिक्रिया 4