
२३ फागुन, राजविराज । एमालेको मेची-महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार विहानैदेखि प्रदर्शन थालेका छन् ।
मधेसी मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा झण्डै आधा दर्जन सवारी तोडफोड गरेका छन् । प्रहरीले स्कर्टिङ गरेर लैजान लागेको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन् ।

नेकपा एमालेको मेची-महाकाली अभियान इटहरीबाट आजै सप्तरी पुग्ने कार्यक्रम छ । सप्तरीमा एमालेको कार्यक्रमका लागि अहिले मञ्च बनाइँदैछ ।
एमाले र मधेसी मोर्चा आमने-सामने हुने भएपछि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यो पनि पढ्नुहोस्
एमाले राजविराजको मुख्य बजारमा नपस्ने, हनुमाननगरको रुट फेरियो
सप्तरीका सीडीओले भने- कार्यक्रम शान्तिपूर्ण नभए बल प्रयोग हुन्छ
प्रतिक्रिया 4