हामीले चुरोट पिउन थालेपछि शरीरमा निकोटिन रिसेप्टर्स बन्न सुरु गर्छ । जब बिस्तारै-बिस्तारै यस रिसेप्टर्सको संख्या बढ्दै जान्छ, तब हामीलाई धुमपानको लत लाग्छ । यो लतले नै हो, मस्तिष्क घात, फोक्सोको क्यान्सर, मुखको क्यान्सर, मृगौलाको क्यान्सर जस्ता रोग पैदा गर्ने । यसबाट बच्ने एउटै उपाय भनको धुमपान गर्न छाड्नु हो । जब हामी धुमपान गर्न छाड्छौ, लगत्तै त्यसको असर शरीरमा देखिन थाल्छ ।
१ घण्टापछि
चुरोट सेवन गर्न छाडेको एक घण्टापछि शरीरले निकोटिनको माग गर्छ । यस क्रममा आलस्यता, निन्द्रा, चिन्ता र भोक लाग्ने जस्ता समस्या हुन्छ ।
१२ घण्टापछि
चुरोट पिउन छाडेको १२ घण्टापछि शरीरमा कार्बन मोनोअक्साइडको लेभल क्रमस कम हुन थाल्छ । यसले रगतमा अक्जिनको लेभल सामन्य बनाउन मद्दत मिल्छ र शरीरको कार्यसंचालन ठीक ढंगले हुन थाल्छ ।
२४ घण्टापछि
यसबेला शरीरमा निकोटिनको लेभल कम हुन थाल्छ । त्यसैले बेचैन अनुभव हुन सक्छ ।
४८ घण्टापछि
चुरोट पिउन छाडेको ४८ घण्टापछिट शरीरको ब्रोन्कियल ट्युबलाई आरम मिल्छ । यसले इनर्जी लेभल बढाउन सहयोग गर्छ ।
तीन दिनपछि
धुमपान छाडेको तीन दिनपछि शरीरबाट निकोटिन पूर्ण रुपमा बाहिर निस्कन्छ । यस क्रममा टाउको दुख्ने, बेचैन हुने, पसीना आउने, चिन्ता हुने जस्ता समस्या देखिन सक्छ ।
२ हप्तापछि
२ हप्तापछि रक्त प्रवाह पूर्ण रुपमा सामन्य हुन्छ । शरीरबाट ९० प्रतिशत निकोटिन बाहिर निस्कन्छ । फोक्सोले सहि ढंगले काम गर्न थाल्छ ।
नौ महिनापछि
धुमपान छाडेको ९ महिनापछि फोक्सोको सबै बिकार बाहिर निस्कन्छ । सास लिनमा कुनैपनि किसिमको समस्या हुँदैन ।
एकबर्षपछि
धुमपान छोडेको एक बर्षपछि मुटुको रोग हुने खतरा ५० प्रतिशतसम्म कम हुन्छ ।
पाँच बर्षपछि
धुमपान छाडेको पाँच बर्षपछि मुटु र फोक्सो सामन्य अवस्था आउँछ । अर्थात धुमपान नगर्ने व्यक्तिको जस्तै हुन्छ । यस्तोमा मुटुको रोग र क्यान्सरको आशंका कम हुन्छ ।
चुरोटको लत कसरी हटाउने ?
– चुरोटको लत हटाउनका लागि सबैभन्दा पहिला त आफु प्रतिवद्ध हुनुपर्छ । चुरोटको कारण हुनसक्ने संभावित खतरालाई मनन गरेर चुरोट छाड्ने प्रण गर्नुपर्छ ।
– जतिबेला तपाई चुरोट सल्काउन सुरु गर्नुहुन्छ, यसका नकारात्मक असरलाई गहिरोगरी केलाउने प्रयास गर्नुहोस् ।
– माहौल र सरसंगतले पनि चुरोटको लतमा बढवा दिइरहेको हुन्छ । त्यसैले जहाँ चुरोट सेवन गर्न प्रतिकुल हुन्छ, त्यस्तै माहौलमा बस्नुहोस् ।
– दैनिक तालिका यस्तो बनाउनुहोस्, जसले तपाईलाई चुरोट खाने फुर्सद नमिलोस् । केहि हप्ता वा एक महिनासम्म त्यस्तो दिनचर्या पछ्याउनु भयो भने तपाईमा चुरोटको लत छुट्नेछ ।
प्रतिक्रिया 4