+
+
Shares

पत्रकारद्वय मंगोल र भट्टराईलाई रिहा गर्न महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते १७:१७

३ जेठ, काठमाडौं । नेकपा विप्लव समूह निकट पत्रकारद्वय सुदर्शन मंगोल र विकास भट्टराईलाई रिहा गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।

मंगोललाई काठमाडौंको असनबाट र भट्टराईलाई गोर्खा सदरमुकामबाट प्रहरीले बुधबार पक्राउ गरेको थियो । मंगोल नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य तथा जनपाटी अनलाइनका सम्पादक हुन् भने भट्टराई जनता टेलिभिजनका गोरखा संवाददाता हुन् ।

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले बिहीबार विज्ञप्ति निकालेर कार्यक्षेत्रमा खटिएको बेला उनीहलाई पक्राउ गरिएको भन्दै भर्त्सना गरेका छन् ।

‘नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ उक्त कार्यको कडा शब्दमा भर्त्सना गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

मंगोल र भट्टराई लगायत सबै पत्रकारलाई तत्काल रिहा गर्न पनि महासंघले सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?