Comments Add Comment

सिन्धुपाल्चोकको बाह्रबिसे र मेलम्ची नगरपालिकामा एमाले विजयी

बाह्रबिसेका नवनिर्वाचित मेयर निमफुन्जो शेर्पा र उपमेयर सुशीला पाख्रिन

४ जेठ, चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

बिहीबार अपराह्न सम्पन्न मतगणनामा एमालेका निमफुन्जो शेर्पाले कांग्रेसका बालकृष्ण बस्नेतलाई जम्मा दुई सय मतले पछि पार्दै जित हात पारेका हुन् । ४ हजार ९ सय २९ मत प्राप्त गरेर शेर्पा विजयी  हुँदा निकटतम प्रतिद्वन्द्वी बस्नेतले ४ हजार ७ सय ९ मत ल्याउँदै पराजय बेहोरे ।

बाह्रबिसेको उपमेयरमा पनि एमालेकै सुशीला पाख्रिन विजयी भएकी छन् । उनले ५ हजार १५ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी लीला नेपालले ४ हजार ८ सय १३ मत प्राप्त गरिन् ।

यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पनि एमालेका उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।

मेलम्चीको मेयरमा एमालेका डम्बर अर्याल ८ हजार ६ सय ७८ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आइतमान तामाङले ७ हजार ३३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै भगवती नेपाल ९ हजार १ सय १७ मत प्राप्त गरी विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment