Comments Add Comment

१० अग्रज साहित्यकारलाई प्रज्ञाको सम्मान

६ जेठ, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले हीरक जयन्तीको अवसर पारेर १० जना वरिष्ठ साहित्यकारलाई सम्मान गरेको छ ।

शनिबार प्रज्ञा भवनमा आयोजित राष्ट्रिय वाङ्‌मय सङ्गोष्ठीका क्रममा नेपाली साहित्यका विभिन्न विधामा योगदान पुर्‍याएका १० विशिष्ट साधकलाई जनही नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको हो ।

सम्मानित हुने साहित्यकारहरुमा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराँती, डा. तारानाथ शर्मा, तेजेश्वर बाबु ग्वंग, दीपेन्द्रनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शंकरनाथ रिमाल र शान्तदास मानन्धर रहेका छन् ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरुलाई सम्मान गरिएको जानकारी दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सरकारले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानले हीरक जयन्तीको अवसरमा जेठ ६ गतेदेखि तीन दिनसम्म राष्ट्रिय वाङ्‌मय सङ्गोष्ठी आयोजना गर्दै भाषा-साहित्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment