Comments Add Comment

सौतेनी आमा र बुवाले हत्या गरेको भन्दै उजुरी, आरोपित प्रहरीको नियन्त्रणमा

मृतक रविना अर्याल

७ जेठ, नवलपरासी । नवलपरासीको कावासोती-१६ डण्डामा गत ३ गते झुण्डिएर मृत अवस्थामा भेटिएकी भनिएकी १५ वर्षीय बालिकाको आत्महत्या नभई हत्या भएको भन्दै आफन्तले किटानी जाहेरी दिएका छन् ।

आइतबार इलाका प्रहरी कार्यालय कावासोतीमा मृतकका माइजु र दिदीले किटानी जाहेरी दिएका हुन् ।

उनीहरुले बालिका रविना अर्यालले आत्महत्या गरेको नभई बुवा तुलसी अर्याल र सौतेनी आमाले हत्या गरेको भन्दै किटानी जाहेरी दिएका हुन् ।

हत्याका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक राजेश थापाले बताए ।

पीडित बालिकाका आफन्तहरु, स्थानीय बासिन्दा र महिला समूहले आइतबार इलाका प्रहरी कार्यालय नवलपुर अगाडि धर्ना तथा प्रदर्शन समेत गरेको थिए ।

बालिकाकी दिदी रक्षा अर्याल बस्यालले आफूले पनि कान्छी आमा र बाबाबाट सानोमा धेरै यातना पाएको कारण यातना सहन नसकि बालविवाह गरेको बताइन् ।

स्थानीय बासिन्दा र आफन्तका अनुसार बालिकाकी आमाले पनि श्रीमानको यातना सहन नसकी विष सेवन गरेर आत्महत्या गरेकी थिइन ।

उनले बहिनीलाई बाबा र कान्छी आमाले यातना दिएर हत्या गरेको दावी गरिन् । उनले आफ्नो बहिनीलाई मारेर झुड्याइएको दावी सहित किटानी जाहेरी दिएको उनको भनाइ छ ।

बालिका झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेपछि प्रहरीले स्थानीय गाउँलेहरु महिला समूह नजिकका आफन्तहरुलाई पनि खबर नगरी शव झिकिएको र पोष्टमाटर्मका लागि लगिएको उनीहरुको आरोप छ ।

घटनाको प्रकृति हेर्दा बालिकाको भित्री सरिरमा हुनु पर्ने वस्त्र बाहिर र बाहिरी शरीरमा हुनु पर्ने वस्त्र भित्र रहेको अवस्थामा शव भेटिएको थियो ।

त्यस्तै उनको घाटीमा दुई वटा निलडाम, गालामा चोट लागेको, हातमा कोतरिएको, आँखा सुन्निएको अवस्थामा रहेको बालिकाकी माइजु जमुना पाठकले बताइन ।

पाठकले बालिकाको पोष्टमाटर्म रिपोर्ट नआएपनि पोष्टमाटर्म गर्ने डाक्टरले घटनाको अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाउन सल्लाहा दिएकोले बालिकाको हत्या भएको दावी गरिन् ।

त्यसैगरी उनीहरुले बालिकाको पोष्टमाटर्म रिपोर्ट नआइ बालिकाको दाहसंस्कार गरिएकाले घटना अझ शंकास्पद भएको बताएका छन् ।

कावासोती नगरपालिका १६ का वडा सदस्य आनन्द श्रेष्ठले घटनाको निष्पक्ष छानविन गरी दोषी भए दोषीलाई कारवाही र निर्दोष भए सो प्रमाणित गर्नु पर्नेमा जोड दिए ।

उनले बालिकाको मृत्यु भएको ६ दिन बितिसक्दा पनि उनका आफन्त क्रिया नबस्नु, घरका अन्य आफन्त समेत फरार हुनु र बालिकाका झुण्डिएर आत्महत्या गरेको भएपनि गाउँलेहरुलाई खबर नगरी मुचुल्का तयार पार्नुले घटनाप्रति शंका उब्जिएको बताए ।

प्रहरीले बालिकाको सौतेनी आमा र बुवालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक राजेश थापाले पोष्टमाटर्म रिपोर्ट आउन बाँकी रहेकोले घटना आत्महत्या हो वा हत्या भन्न नसकिने बताए ।

रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment