Comments Add Comment

जनयुद्धले जुराएको जोडी बने गाउँपालिका प्रमुखमा उम्मेदवार

१८ जेठ, ओखलढुंगा । नेकपा माओवादी केन्द्रले दुई गाउँपालिका प्रमुखमा उम्मेदवार बनाएका व्यक्ति पति पत्नी परेका छन् । तर, उनीहरु दुवैजना जनयुद्धकालदेखि नै संघर्ष गरेका लडाकु हुन् ।

ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार खड्क योगी ‘अनिल’ र सुनकोशी गाउँपालिका अध्यक्ष उम्मेदवार बनेकी चम्पा कार्की ‘आशा’ नाताले पति-पत्नी हुन् । उनीहरु दुवै माओवादीका केन्द्रीय सदस्य हुन् ।

चम्पाले युद्धका क्रममा एउटा हात गुमाएकी छन् । कार्की यसअघि संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार भए पनि सभासद हुन पाइनन् भने योगी पनि पुराना र अवसर नपाएका नेताका रुपमा चिनिन्छन् ।

राजनीतिक रुपमा दुवैजना आ-आफ्नो क्षेत्रको अनुभव हासिल गरेका यी दुई जोडी अहिले आ-आफ्नो गाउँपालिकामा मत माग्दै हिँडेका छन् । चम्पा ओखलढुंगा जिल्लामा प्रमुखमा टिकट पाउने एकमात्र महिला उम्मेदवार हुन् ।

लिखु गाउँपालिकामा कांग्रेस र माओवादीबीच चुनावी तालमेलको प्रयास भइरहेको छ । तर दुवैले प्रमुख नछाड्ने भएपछि समस्या उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment