Comments Add Comment

यी घरेलु विधिवाट नियन्त्रण गर्न सकिन्छ उच्च रक्तचाप

उच्च रक्तचाप अहिले आम समस्या बन्दैछ । अस्वस्थ्यकर जीवनशैली, तनाव, धपेडी, होड आदिको कारण उच्च रक्तचाप बढेको छ, धेरैमा । उच्च रक्तचाप यस्तो समस्या हो, जसले शरीरमा अरु रोगलाई जन्म दिन्छ ।

संभव भएसम्म उच्च रक्तचापको समस्या हुन नदिनु राम्रो । यदि भइहाले पनि यसलाई नियन्त्रित राख्नुपर्छ । उच्च रक्तचाप नियन्त्रण गरिएन भने त्यसले मुटु र मृगौलामा सबैभन्दा बढी असर गर्छ । यसले हृदयघातको जोखिम बढाउँछ ।

कसरी थाहा पाउने ?

उच्च रक्तचाप भएपछि टाउको दुख्छ, चक्कर लाग्छ, मुटुको धड्कन बढ्छ । हुन त सबै अवस्थामा यहि लक्षण देखापर्छ भन्ने छैन । यद्यपी कतिपय अवस्थामा यस्तो लक्षणले उच्च रक्तचापको संकेत गर्छ ।

कसरी नियन्त्रण गर्ने ?

उच्च रक्तचाप नियन्त्रणका लागि सबैभन्दा पहिला जीवनशैली परिवर्तन गर्नुपर्छ । तनावरहित जीवन व्यातित गर्नुपर्छ । कामको बोझ लिनुहुँदैन । खानपान र दिनचर्यालाई सन्तुलित राख्नुपर्छ । मदिराजन्य खानेकुरा, जंकफूड, धेरै नुनिलो, चिल्लो खानेकुराको सेवन गर्नुहुँदैन ।

नियमित मात्रामा उच्च रक्तचाप बढेमा औषधी सेवन गर्नुपर्छ, चिकित्सकको परामर्शमा । त्यससँगै व्यायाम, योग, प्रणायाम जस्ता विधी अपनाउनु पर्छ । सन्तुलित र स्वस्थ्य आहार, सक्रिय दिनचर्या, तनावरहित जीवनले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

त्यसबाहेक केहि घरेलु विधी छन्, जसले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

के छ घरेलु विधी ?

– मेथीको दाना रातभर भिजाउने । बिहान खाली पेटमा त्यसको रस पिउनुपर्छ ।

– विहान खाली पेटमा लसुनको केस्रा खानुपर्छ । यसले रगत पातलो बनाउँछ, जो रक्त प्रवाहमा सहज हुन्छ । साथै कोलोस्टोर पनि नियन्त्रण गर्छ ।

– गोलभेडाको सेवनले शरीरमा आवश्यक भिटामिन मिल्छ । यसले रगतको धमनीमा फ्याटी एसिड जम्न दिदैन ।

– चुकन्दर एवं मुलाले शरीरमा नाइट्रेसको मात्रा बढाउँछ, जसले उच्च रक्तचाप कम गर्छ । त्यसैले यसलाई आफ्नो सलादमा सामेल गर्नुहोस् ।

– उच्च रक्तचापबाट बच्नका लागि पानीको सेवन पनि लाभदायक हुन्छ । यसले शरीरको अधिक नुन वाहिर निकाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment