१५ असार, बर्दिया । बर्दियामा मतगणना सुरु भएको छ । ८ वटा स्थानीय तह रहेको बर्दियामा अहिले मधुवन नगरपालिका, ठाकुरवावा, नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकाको मतगणना सुरु भएको हो ।
अन्य स्थानको ९ बजेपछि सुरु हुने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए ।
मधुवन नगरपालिकामा खसेको २१ हजार ७ सए ९० मत मध्ये १ हजार मत गणना भएको छ । जसमा नेकपा माओवादी केन्द्रले ३९४ मतका साथ अगाडि रहेको छ भने नेपाली काग्रेस ३४८ मत र नेकपा एमाले १३७ मत प्राप्त गरेको छ सोही नगरपालिकाको उपमेयरमा पनि माओवादिकै अग्रता रहेको छ ।
मतगणना भैरहेका ३ वटा नगरपालिका र एउटा गाउँपालिकाको माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा अग्रता लिइरहेको छ ।