+
+

उदयपुरको ताप्ली गाउँपालिकामा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १६ गते १८:१५

१६ असार, उदयपुर । उदयपुरको ताप्लिपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका उद्धवसिंह थापा विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारलाई २३ मतको झिनो अन्तरले पछि पार्दै थापा विजयी भएका हुन् ।

विजयी थापाले १ हजार २ सय ९१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङले १ हजार २ सय ६८ मत प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

त्यसैगरी उपाध्यक्षमा एमालेकै कमलामाया राई १ हजार ८ सय २१ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी धना मगरले १ हजार ५ सय ६३ मत प्राप्त गरेकी छन् ।

५ वटा वडा रहेको ताप्लिमा एमाले वडा नम्बर १, २ र ३ मा वडाध्यक्षसहित प्यानलै विजयी भएको हो । त्यस्तै, ४ र ५ मा वडाअध्यक्ष माओवादी र बाँकी पदहरूमा कांग्रेस र माअोवादीको मिश्रित परिणाम आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?