Comments Add Comment

तराईका १२ जिल्लामा पनि एमाले नै अगाडि


२४ असार, काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् ।

एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ३९ तह जितेको छ ।
माओवादी केन्द्रले १२ वटा तह जितेर तराईका जिल्लामा पनि तेस्रो स्थान सुरक्षित बनाएको छ । संघीय फोरम र नयाँ शक्तिको गठबन्धनले ८ तह जितेका छन् भने लोकतान्त्रिक फोरमले ६ तह जितेको छ ।

राप्रपाले ४ तह, स्वतन्त्र उम्मेदवारले ३ तह जितेका छन् । स्वतन्त्रबाट विजयी निर्वाचन बहिष्कार गरेको राजपाका कार्यकर्ता हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment