+
+
Shares

कर फर्छ्याेट प्रकरणमा महतको टिप्पणीः कालोले अरुलाई पनि कालो नै देख्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २ गते १४:१०

२ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फर्छ्याेटको विषय अदालतमा पुगेको भन्दै कुनै टिप्प्णी नगर्ने बताएका छन् ।

र, आयोगका पदाधिकारीहरुलाई लुकाएको आरोप हाँस्यस्पद भएको भन्दै खण्डन गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता रहेका महतले भने, ”मलाई लगाइएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाइएको आरोप फेस गर्न तयार छु ।’

उनले कर फर्छोट आयोग गठन, पुँजीलाभ कर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण कामहरु आफू अर्थमन्त्री हुँदा भएको जनाए । ‘१२ अर्ब राजश्व उठ्ने मुलुकमा म अर्थमन्त्री हुँदा ७०० अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए सम्भव हुन्थ्यो र ?’ महतले भने, ‘त्यतिकै मिथ्यामा आरोप लगाएर हुन्छ ? मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?